दाङमा भेटियो हतियार कारखाना

दाङमा भेटियो हतियार कारखाना

दाङ  :  दाङ प्रहरीले घरेलु हतियार उत्पादन गर्न कारखाना नियन्त्रणमा लिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका–७ भौवानामा रहेको अबैध हतियार कारखाना प्रहरीले नियन्त्रणमा लिएको हो। फेला परेको हतियार कारखाना वर्षौंदेखि सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ।

भौवा नाकामा  ५९ वर्षीय जीतबहादुर बुढाले सञ्चालन गर्दै आएको हतियार उत्पादन कारखानामा प्रहरीले छापा मार्दा ठूलो मात्रामा हतियार र हतियार बनाउन प्रयोग हुने सामग्री बरामत गरेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जनकारी दिए। कारखाना सञ्चालक जीत बहादुरलाई पनि पक्राउ गरिएको  पाण्डेले बताए। 

‘बुढाले युद्धकाल देखिनै हतियार उत्पादन र बिक्रि गर्ने गरिरहेका रहेछन’ प्रहरी प्रमुख पाण्डेले भने, ‘बाहिर कुटो कोदालोको आरन सञ्चालन गरेर भित्र हतियार उत्पादन हुँदो रहेछ।’  उनको मुख्य व्यसाय नै हतियार उत्पादन रहेको पाइएको प्रहरी प्रमुख पाण्डेले बताए। 

उत्पादित हतियार भारत र नेपालका बजारमा विक्रि वितरण हुने गरेको प्रहरीको भनाइ छ। आफूले बनाउने बन्दुक बन्दुक न्यूनतम १० हजारमा विक्री गर्ने र मर्मत गर्दा ५ हजार लिने गरेको बुढाले प्रहरीसँगको बयानमा भनेको पाण्डेले जानकारी दिए। 

‘अहिले सबै कुरा आइसकेको छैन’ प्रमुख पाण्डेले भने, ‘अनुसन्धानलाई सुक्ष्म बनाएका छौं त्यसपछि मात्रै सबै कुरा प्रष्ट हुन्छ।’। जिल्लामा भरुवा बन्दुक लगायतका हतियार दैनिक जसो भेटिन थालेपछि प्रहरीले सुक्ष्मरुपमा अध्ययन थाल्दा कारखाना फेला परेको पाण्डेले बताए। 

प्रहरीले हतियार कारखानाबाट नियन्त्रणमा लिएका हतियार र हतियार बनाउन प्रयोग हुुने सामाग्रीसहित २ जनालाइ आइतबार सार्वजनिक गरेको छ। पक्राउ परेका दुई जनामा  ५९ वर्षीय जीतबहादुर बुुढा र ३८ वर्षीय रुद्रमणि घर्ती रहेका छन्। 

जीत बहादुरको घरमै पुगेर प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। उनीहरुको साथबाट भरुवा बन्दुुक ५ थान, १२ बोर राईफल एक थान, एयर गन राईफल ३ थान, कटुुवा पेस्तोल र रिभल्भर १÷१ थान, सानो हतियारको नाल १२ थान, ठूलो हतियारको नाल २९ थान बरामद गरिएको छ। प्रहरीले हतियार बनाउन प्रयोग हुुने सामाग्री पनि ठूलो मात्रामा बरामद गरेको छ। 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.