बिरामी बच्चाको मृत्यु भएपछि अस्पताल तोडफोड

बिरामी बच्चाको मृत्यु भएपछि अस्पताल तोडफोड

बिर्तामोड : उपचारमा लापरबाहीका कारण बच्चाको मृत्यु भएको भन्दै झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा तोडफोड भएको छ। आइतबार मेचीनगर नगरपालिका ५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजंबंशीको मृत्युका विषयलाई लिएर अस्पतालमा तोडफोड भएको हो। 

आइतबार बालक जेनीसलाई पखाला लागेर उपचारका लागि अस्पताल ल्याएको र अस्पतालले गलत उपचार गरेर बच्चाको ज्यान गएको भन्दै आफन्तले राति अस्पतालमा ढुङ्गामुढासहित तोडफोड गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्काले बताए। 

झाडा पखालाबाट बिरामी भएका बालकलाई उपचारका लागि बेलुका ७ बजेतिर अस्पताल पुर्‍याइएको थियो। आकस्मिक कक्षमा नर्सले इन्जेक्सन दिएको केहि समयमै बालकको मृत्यु भएको मृतकका हजुरबुबा श्रीलाल राजबंशीले बताए ।

तोडफोडका कारण अस्पतालको आकस्मिक कक्षमा क्षति पुगेको अस्पताल प्रशासनले बताएको छ। अस्पतालका झ्याल, ढोका र आकस्मिक कक्षका मनिटरसहित बेडमा तोडफोड भएको छ। 

बालकको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले अस्पतालका चिकित्सक र कर्मचारीलाईसमेत हातपात गर्न खोजेपछि रातभर अस्पतालमा प्रहरी परिचालन गर्नुपरेको थियो। आक्रोशित भिड नियन्त्रणमा लिन केहि राउण्ड अस्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले बताएको छ। अस्पताल प्रशासन र मृतक बच्चाका आफन्तबीच राति समस्या समाधानका लागि बार्ता गराए पनि निस्कर्षमा पुगेको छैन।

आज बिहान पुन: अस्पताल प्रशासन, पीडित, जनप्रतिनिधि राखेर छलफल गराउने तयारी रहेको डिएसपी सुवास खड्काले बताए। आज पनि अस्पतालमा प्रहरीले सुरक्षा दिइरहेको छ। मृत्यू भएका बालकको शव अस्पतालमा नै राखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.