तस्करको नयाँ जुक्ति : धान ओसार्ने ट्रक र टयाक्टरमा कपडा तस्करी

तस्करको नयाँ जुक्ति : धान ओसार्ने ट्रक र टयाक्टरमा कपडा तस्करी

वीरगन्ज : वीरगन्ज भन्सार नाकामा सुरक्षाकर्मीले कडाइ गरेपछि ग्रामीण भेगमा सक्रिय भएका कारोबारीले कपडा तस्करीका लागि नयाँ जुक्ति अपनाउन थालेका छन्।केही समययता पर्साको ग्रामीण भेगका नाकाबाट तस्करीको धन्दा सुरु गरेका कारोबारीले धान बोक्ने ट्रक र टयाक्टरमा कपडाको तस्करी गर्न थालेका हुन्।

पछिल्लो एक हप्ताको अवधीमै प्रहरीले धान ओसार्ने टयाक्टर र ट्रकबाट करिब ७० लाख मुल्य बराबरको तस्करीको कपडा बरामद गरेपछि तस्करहरुको नया जुक्तिका बारेमा खुलासा भएको हो। 

पर्साको ठोरीबाट आइतबार बेलुकी मात्रै प्रहरीले धानको बोरा लोड गरिएको ट्रकबाट करिब २२ लाख रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको छ। धानको बोरा लोड गरिएको ट्रकमा तस्करी गरेर नारायणगढ लैजाँदै गरेको करिब २२ लाख रुपैयाँ मुल्य बराबरको १९ पोका कपडा प्रहरीले ठोरीबाट बरामद गरेको हो।

पर्साको निर्मलवस्तीबाट एक सय पाँच बोरा धान लोडेर गरेर ठोरी हुँदै चितवनको नारायणगढ जाँदै गरेको लु १ ख ३३१० नम्बरको ट्रकबाट प्रहरीले १९ वटा पोका कपडा बरामद गरेको हो।

बरामद भएका कपडामा कुर्तासुर्वाल तीन सय चार सेट , सर्टको कपडा तीन हजार दुई सय ८० मिटर , कोट र पाइन्टको कपडा ६ सय मिटर , कुर्ताको कपडा दुई हजार ६० मिटर र साडी ८८ पिस छन्।

 प्रहरीले ट्रकसहित ट्रकधनी चितवनको माडी नगरपालिका- २ ढिकुनका ऋषि सुबेदी, चालक प्रकाश दराइ र सहचालक सुजन दराइलाई पनि पक्राउ गरेको छ। निर्मलवस्तीबाट धानको बोरा बोकेर नारायणागढ जादै गरेको ट्रकलाई इलाका प्रहरी कार्यालय ठोरी अगाडि रोकेर चेकजाच गर्दा ट्रकभित्र रहेको धानको बोरा मुनि लुकाएर राखिएको १९ पोका कपडा बरामद भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। 

उनका अनुसार बरामद भएको कपडाको मात्रै बजार मुल्य २२ लाख २२ हजार दुइ सय रुपैयाँ रहेको छ।यसअघि माघ १३ गते पनि पर्साकै भीखमपुरबाट धान लिएर वीरगन्ज आउँदै गरेको टयाक्टरबाट पनि सशस्त्र प्रहरीले करिब ४० लाख मुल्य बराबरको ५० बण्डल कपडा बरामद गरेको थियो। 

त्यसअघि गत पुस ९ गते पनि पर्सा-बारा औद्योगिक कोरिडोरमा सञ्चालनमा रहेको एक सिमेन्ट उद्योगबाट सिमेन्ट लोड गरी काठमाडौँ गइरहेको ना ७ ख ९८४८ नम्बरको ट्रकबाट मकवानपुर प्रहरीले २५ पोका कपडा बरामद गरेको थियो।

 केहि समय यता पर्साको ग्रामीण भेगमा रहेका जानकीटोला, मिर्जापुर, भिस्वा, पिडारी, अमरपट्टी, बन्जारी, विजयवस्ति , निर्मलवस्ती , ठोरी लगायतका नाका हुँदै भारतबाट कपडाको व्यापक तस्करी भइरहेको छ। 

भारतको सीमावर्ती बजारबाट कारोबारीहरुले खरिद गरेको कपडा , राजश्व छलेर पर्साको ग्रामीण भेगमा ल्याइ त्यहाबाट धान ओसार्ने ट्रक र टयाक्टरमा राखेर वीरगन्ज , हेटौडा , नारायणगढ , पोखरा र काठमाण्डौ सम्म पुरयाउदै आएका छन्। 

ग्रामीण नाकामा रहेका प्रहरी चौकीका इन्चार्जले तस्करसँगको मिलोमतोमा तस्करीको ‘लाइन’ खोलेका कारण ती नाकाबाट कपडाको तस्करीको धन्दा बढेको हो। भारतबाट अहिले व्यापक परिमाणमा कपडा पर्साको ग्रामीण भेगका नाका हुँदै भित्रिरहेको र ती कपडाहरु सीमावर्ती गाउँबाट कारोबारीले धान, इँटा र सिमेन्ट लोड भएका टयाक्टर र ट्रकमा लुकाएर गन्तव्यका सहर र बजारमा पुरयाउँदै आएका छन् ।

वीरगन्ज र पर्साको ग्रामीण नाकाबाट अवैध रूपले भित्र्याइका तस्करीका कपडा धान , चामल र सिमेन्ट बोकेर नारायणगढ , पोखरा र काठमाडौँ जाने ट्रकमा लुकाएर तस्करी भइरहेको हो।पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीले हरसम्भव प्रयास गरिरहेको र त्यसकै कारण ठोरीबाट आइतवार त्यति ठूलो परिमाणमा कपडा बरामद भएको बताए।

पर्सा जिल्लाको भारतसँग एक सय सात किलोमिटर खुला सीमा जोडिएका कारण सबै नाकामा कडाइ गर्न समस्या रहेपनि नेपाल प्रहरीले सकेको जति तस्करी नियन्त्रणमा कडाइ गरिरहेको र त्यसको सफलता पनि पाइरहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.