वीरगन्जमा फेरि कर विवाद, १२६ जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार

वीरगन्जमा फेरि कर विवाद, १२६ जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार

वीरगन्ज : वीरगन्ज महानगरपालिकामा कर बृद्धिको विवाद फेरि चर्किएको छ । कर बृद्धिको निर्णय खारेजीको माग गर्दै महानगरका वडा सदस्यहरुले चौथो नगरसभा बहिष्कार गरे ।

वीरगन्जको नगरसभागृहमा सोमबार आयोजित चौथो नगरसभा वडा नम्बर १ देखि ३२ सम्मका १ सय २६ जना वडा सदस्यहरुले बहिष्कार गरेका हुन् । महानगरपालिकाले बृद्धि गरेको एकीकृत सम्पत्ति कर खारेज गरी आर्थिक वर्ष २०७३÷७४ साल माघ १० गतेको दोश्रो नगरसभाले कर सम्बन्धमा गरेको निर्णय नै यथावत राख्नुपर्ने माग वडा सदस्यहरुको थियो ।

तर वीरगन्ज महानगरपालिका नगर प्रमुखले आफूहरुको मागको सुनुवाइ नहुने जवाफ दिएपछि सबै वडाका वडा सदस्यहरुले नगरसभा बहिष्कार गरी घर फर्किएको वडा सदस्य हकहित मन्चका संयोजक तुफेल अख्तरले बताए ।

‘नगरसभामा कार्यपालिका बोर्ड बैठकले पेश गर्ने एजेण्डाका बारेमा पनि हामीलाई कुनै जानकारी गराइएको थिएन । ती एजेण्डा अध्ययनका लागि पहिले हामीलाई दिनुस् हामी अध्ययन गर्छौँ भन्यौँ,’ संयोजक अख्तरले भने , ‘तर मेयर विजय सरावगीले पहिले माइन्युट पुस्तिकामा हस्ताक्षर गर्नुस् अनि मात्र एजेण्डाको प्रतिवेदन दिन्छौँ भने, हामीलाई मान्य भएन त्यही भएर नगरसभा बहिष्कार गरेर हिँडेका हौँ ।’

नगरसभा बिहान ११ बजे नै सुरु गर्ने भनिए पनि दिउसो १ बजेसम्म कुर्दा पनि आफूहरुको माग सुनुवाइका लागि नगरप्रमुखबाट कुनै जवाफ नआएपछि वडा सदस्यहरुले नगरसभा बहिष्कार गरिएको वडा सदस्य हकहित मन्चका महासचिव सुरज कुर्मीले बताए ।

‘जनताको ढाड सेक्ने गरी बृद्धि गरिएको कर हामीलाई मान्य छैन, त्यो खारेज गरेर पहिलेकै कर लागु गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । नगरसभा बहिष्कार गरेर निस्किएका कुर्मीले भने, ‘तर हाम्रो माग मेयर साबले सुन्नै चाहेनन्, त्यसैले मङ्गलबार फेरि संघर्ष समितिको बैठक बसेर अब नगरवासीलाई नै साथमा लिएर महानगर विरुद्ध सशक्त आन्दोलन थाल्छौँ ।

मेयर भन्छन्, ‘सदस्यहरुले बहाना गरे’
वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगी भने वडा सदस्यहरुले सुविधा कम भएपछि बहाना गर्दै अन्य कारण देखाइ बैठक बहिस्कार गरेको दावी गर्छन् । केही वडा सदस्यहरुले विरोध गरे पनि नगरसभा विधिवत रुपमा सम्पन्न भएको उनको जिकिर छ । वीरगन्जमा सोमबार नै सरकार विरुद्ध कांग्रेसको प्रदर्शन थियो ।

सोमबारको नगरसभाले चालु तथा पुँजीगत खर्च शीर्षकको केही रकम रकमान्तर गर्ने र चैत मसान्तसम्म कुनै पनि करमा जरीवाना नलिने निर्णय बहुतमले पारित पनि गरेको उनले जानकारी दिए ।

वीरगन्ज महानगरपालिमा कुल एक सय ६५ जनप्रतिनिधिमध्ये कांग्रेसको तर्फबाट ६२ जना मात्र छन् । नगर प्रमुख सरावगी फोरम नेपालका हुन् भने उपमेयर शान्ति कार्की, कांग्रेसको तर्फबाट चुनाव जितेकी हुन् ।

सोमबार भएको चौथो नगरसभा बहिस्कार गर्नेमा भने कांग्रेस, फोरम, नेकपा, राजपा सबै दलबाट निर्वाचित वडा सदस्यहरु छन् । ‘यसमा दलको कुनै कुरा छैन, जनतालाई परेको पीर मर्काको विषय हो, फोरम नेपालबाट निर्वाचित वडा सदस्य सुनीता साहले भने नगरपालिका र मेयरले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाइन् । नराम्रो काम गरेको बताउँदै उनी आफ्नै पार्टीको मेयरविरुद्ध पनि उत्रिने बताइन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.