अदालतले दोषी ठहर गरेको ६ वर्षपछि पक्राउ
प्यूठान : कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भइसकेका प्यूठानका एक फरार अभियूक्तलाई प्रहरीले ६ वर्षपछि प्रक्राउ गरेको छ ।
गौमुखी गाउँपालिका–३ पुँजा स्थायी घर भई बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँ बस्ने ३३ वर्षीय रमेश मल्ललाई आइतबार मध्यराति प्रहरीले प्रक्राउ गरेको हो ।
मल्ललाई २०६९ पुस ३ गते पुँजाकै स्थानीय विज्ञान केसीलाई धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो । तीनवर्षअघि जिल्ला अदालत प्यूठानले मल्ललाई कैद सजायको फैसला गरेको थियो ।
सोही फैसला अनुसार अभियुक्त मल्ललाई बुटवलबाट आज सोमबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराए । बुढाथोकीका अनुसार प्यूठानबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको हो । मल्ललाई १९ वर्ष ११ महिना ५ दिनको कैद सजाय हुने अदालतको फैसलामा उल्लेख छ ।