बाघको आक्रमणबाट एकको मृत्यु, एक घाइते

बाघको आक्रमणबाट एकको मृत्यु, एक घाइते

बाँके : बर्दियाको बढैयाताल गाउँपालिका-२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ। बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन्।

बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ। घाइते दुवैजनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोमबार साँझ उनीहरुमाथि पाटेबाघले आक्रमण गरेको थियो। नहर छेउ नजिकै रहरबारीमा रहेको पाटेबाघले चन्द्रबहादुर शाहीलाई आक्रमण गरेको थियो। स्थानीय गणेश राईका अनुसार शाहीलाई आक्रमण गरेलगत्तै पुनः विजय बुढामाथि बाघ जाइलागेको थियो।

घटना पछि सो क्षेत्रमा इलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट सुरक्षाकर्मी घटनास्थलमा खटाइएको थियो। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.