ब्लेडले रेटेर पत्नीको हत्या प्रयास
कपिलवस्तु : आफ्नै कान्छी श्रीमतीलाई ब्लेडले रेटेर हत्या गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ब्लेडले रेटेर पत्नीलाई घाइते बनाएको अभियोगमा बुद्धभूमि नगरपालिका-३ मुर्मी बस्ने ४४ वर्षीय लाल बिहारी चौधरीलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चौधरीको मानसिक सन्तुलनमा समस्या रहेको छ। घाइते महिलालाई उपचारको लागि गोरुसिङे बुद्ध पोलिक्लिनिकमा भर्ना गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।