सिटी सेन्टरमा प्रेम दिवसमा विशेष छुट
काठमाडौं : कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले प्रणय दिवसका अवसरमा विशेष कार्यक्रमको घोषणा गरेको छ।विशेष छुटको व्यवस्थासँगै युवा वर्गलाई लक्षित गरी १३ फेब्रुअरीमा १५ हजार पुरस्कार राशीको डान्स कम्पिटिसन गरिने सिटी सेन्टरले जनाएको छ।
त्यसैगरी, सिटी सेन्टरमा १ फेब्रुअरीदेखि १४ फेब्रुअरीसम्ममा किनमेल गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत छनोट भएका एकजनालाई पोखराको प्रिमियम होटलमा २ रात ३ दिनको प्याकेजको व्यवस्था हुनेछ।
सिटी सेन्टरभित्र यस अवधिमा किनमेल गर्ने ग्राहकलाई विशेष छुटको व्यवस्था रहेको व्यवस्थापन पक्षले जनाएको छ।कार्यक्रममा विभिन्न प्रकारका मनोरञ्जनात्क खेलुकुदका साथै लाइभ म्युजिकल कार्यक्रम आयोजन गरिनेछ।