चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मन्थलीमा सुरु

चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मन्थलीमा सुरु

रामेछाप : सदरमुकाम मन्थलीमा रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा भएको प्रतियोगिताको पूर्व गृहराज्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य श्यामकुमार श्रेष्ठले उद्घाटन गरे । 

मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई २५–१८, २५–२१ र २५–२२ को अन्तरमा ३–० को सोझो सेटले पराजित ग¥यो । दोस्रो खेलमा प्रदेश नम्बर ३ ले सुदरपश्चिम प्रदेशलाई २५–२३, २५–२१ र २५–२३ को अन्तरमा ३–० को सोझो सेटमा पाखा लगायो ।

माघ २६ गते शनिबार सकिने प्रतियोगिता लिग कम नकआउट को नियमअनुसार सञ्चालन भइरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश १,२,३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेका छन् ।

यस्तै रामेछाप जिल्लाका स्थानीय क्लबहरु शान्तिदिप यूवा क्लब, नमुनादिप यूवा क्लब र प्याराडाइज युथ क्लबले पनि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । मन्थली नगरपालिका सहआयोजक रहेको प्रतियोगीताको विजेता टोलीले शिल्ड सहित नगद ३ लाख ,दोस्रो हुनेले २ लाख र तेस्रो हुने टिमले १ लाख रुपैया प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्बोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले समान १०÷१० हजार नगद पाउने छन् । प्रतियोगितामा सहभागी टिमका खेलाडीको भत्ता र यातायात खर्च आयोजकले व्यहोर्ने छ । प्रत्येक खेलाडीले दैनिक १२ सय को दरले भत्ता पाउने छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.