प्रदेश सभामा सभामुख–प्रतिपक्ष भनाभन

प्रदेश सभामा सभामुख–प्रतिपक्ष भनाभन

बुटवल : राजधानी र नामाकरण विशेष समितिमा सदस्य थपको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले पाँच नम्बर प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। ६ महिनाअघि गठन भएको समितिमा बाँके, रुकुम र नवलपरासी जिल्लाको पनि प्रतिनिधित्व हुनुपर्ने माग ती जिल्लाका सांसदले गरिरहेका बेला थप गर्न नहुने भन्दै विपक्षीले बैठक अवरुद्ध गरेको हो।

त्यसक्रममा प्रतिपक्षी दलका नेता र सभामुखबीच सवालजवाफ भएको छ। कार्यसूचीमै नभएको विषयमा सदन अवरुद्ध नगर्न सभामुख पूर्णबहादुर घर्तीले आग्रह गरेपछि विपक्षी सांसदले सभामुखलाई राजनीति नगर्न आग्रह गरेपछि भनाभन भएको हो।

यसअघिको अधिवेशन पनि अवरुद्ध गरेको कांग्रेसले सभामुखले बैठक सुरु भएको घोषणा गरेलगत्तै आसनबाट उठेर आफूहरूको विरोध रहेको जनाउ दिए। सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता बलदेव शर्माले प्रदेश ५ को नामाकरण र राजधानी टुंगो लगाउन बनेको विशेष समितिले प्रतिवेदन बुझाउनुपर्ने समयमा सदस्य संख्या थप्ने चलखेल भएको भन्दै आफूहरूले सदन चल्न नदिने बताए।

सभामुख घर्तीले प्रतिपक्षी दलले उठाएको विषय बैठकको कार्यसूचीमा नरहेकाले विरोध जनाउन आवश्यक नभएको भन्दै आसनमा बस्न आग्रह गरे। तर कांग्रेस सांसदले सदन चल्न नदिने अडान लिएपछि सभामुख घर्तीले यो विषयमा सत्तापक्षको धारणा राख्न नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकाललाई बोल्न अनुमति दिए। ढकाल रोस्टममा पुगेपछि कांग्रेस सांसदले सभामुखविरुद्ध नारावाजी गर्दैे रोस्टम घेरेका थिए। विरोधकाबीच नेकपाका सचेतक ढकालले आफ्नो धारणा राखे। विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्ला बर्दिया, रुकुम र परासीबाट एक–एकजना सदस्य थप्दा समितिलाई काम गर्न सजिलो हुने भन्दै सभामुख समक्ष प्रस्ताव राखिएको ढकालले बताए।

सभामुखले सत्तापक्षले प्रस्ताव राखे पनि यो विषय बैठकको कार्यसूचीमा नरहेकाले नियमित बैठक सञ्चालनमा अवरोध नगर्न र उक्त विषयमा बाहिर सहमति गरी निष्कर्ष निकाल्न आह्वान गर्दै बैठक अगाडि बढाउने प्रयत्न गरे। सभामुखले जबर्जस्ती गर्न थालेपछि कांग्रेस सांसद रोस्टम घेराउका लागि उभिए। सभामुखले वारम्वार आग्रह गरेपनि कांग्रेस सांसदले मानेनन्। माघ २४ गते सम्मका लागि बैठक स्थगित भयो।

अघिल्लो बैठक निर्मला हत्या प्रकरण र डा.गोविन्द केसीको एजेण्डामा अवरुद्ध भएको थियो। बैठकको कार्यसूचीमा नभएको एजेण्डामा विवाद नगर्न सभामुखले आग्रह गरेपछि कांग्रेस सांसद र सभामुखबीच पटक पटक भनाभन भयो। कांग्रेस संसदीय दलका नेता शर्माले एजेण्डामा नभएको विषय भनेर सभामुखले छलकपट गर्न खोजेको आरोप लगाए। आरोपछि सभामुख घर्तीले छलकपट गरेको विषय पुष्टि गर्न चुनौती दिए। ‘माननीय ज्यू, छलकपट भएको पुष्टि गर्नुस्’, सभामुखले भने। उनले यस्तो अपरिपक्क निर्णय नगर्नुस् भनेपछि कांग्रेस सांसद अष्टभुजा पाठकले सभामुखले राजनीति गर्न खोजेको आरोप लगाए।

संसद्मा कांग्रेसका १९ मध्ये १० जनामात्रै उपस्थित थिए। राजधानीकोे विषयले दुई क्षेत्रका सांसदसमेत विभाजित छन्। संसद्को अवरोधमा पनि त्यस्तो झल्को देखिएको थियो। लुम्बिनी क्षेत्र र भेरी–राप्ती क्षेत्र विभाजन देखिएको छ। विशेष समितिमा तीन जिल्लाका सदस्य थप्नुपर्ने माग सत्ता र विपक्षी दुबै पक्षका सांसदले गरेका छन्। तर लुम्बिनी क्षेत्रका सत्तापक्षीय र विपक्षी सांसदहरू थप्न नहुने पक्षमा छन्। तीन महिना म्याद थप भएका समितिको म्याद सकिनै लाग्दा समितिमा बहुमत पुराउने दाउपेच बढेको हो। १५ सदस्यीय समितिमा अहिले लुम्बिनी पक्षधरको बहुमत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.