श्री पस्मिना उद्योगबाट दश मजदुर निकालिए

श्री पस्मिना उद्योगबाट दश मजदुर निकालिए

भक्तपुर : भक्तपुर औद्योगिक क्षेत्रस्थित श्री पस्मिना उद्योगले दशजना मजदुरलाई निकालेको छ। समाजसेवी डा. गोविन्द टण्डन सञ्चालक रहेको उक्त उद्योगले निकालिएका मजदुरहरु आन्दोलनमा समेत उत्रिएका छन्। उद्योगले उनीहरुलाई गएको माघ १६ गतेदेखि बिदा दिएको हो।

उनीहरुले आफूलाई श्रम ऐन, नियमावली र निर्देशिकाविपरीत गएर निष्कासन गरेको भन्दै श्रम कार्यालयमा उजुरी हालेका छन्। उजुरीमा पुनर्बहालीको माग पूरा नभए उद्योगमा तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन्।

उद्योगमा कार्यरत करिब ५० मध्ये निष्कासित दस मजदुरहरुले विनाकारण आफूहरुलाई निष्कासन गरिएको बताएका छन् । उल्टै आफूहरुले काम गरेको समयको तलब, भत्ता र सञ्चय कोषसमेत नदिएको उनीहरुले आरोप लगाए।

'समाजसेवामा अग्रणी डा. गोविन्द टण्डनले हामीलाई विनाकारण उद्योगबाट निष्कासन गरेर अन्याय गर्नभयो', निकालिएकी एक महिला मजदुरले भनिन्, 'त्यसमाथि काम गरेको पूरा तलब, भत्ता र सञ्चयकोषको रकमसमेत दिनुभएन।'

यता उद्योगले भने उद्योगमा काम नभएकाले सहमति गरेरै उनीहरु हटेको स्पष्टीकरण दिएको छ।उद्योगका लेखापाल गिरिश नेपालले उद्योग सञ्चालक, ट्रेड युनियनका प्रतिनिधि र मजदुरहरुको संयुक्त बैठकको सहमतिअनुसार नै ती मजदुरहरु आफै बताए।

'उद्योगमा निरन्तर काम घटिरहेकाले गएको दसैंलगत्तै ट्रेड युनियन र कर्मचारीहरुलाई आवश्यक नहुने मजदुरलाई हटाइने जानकारी दिइएको थियो। त्यसैअनुसार सूचनासमेत निकालिएको थियो', उनले भने, ‘सोही सूचनाअनुसार उद्योग सञ्चालक, ट्रेड युनियन र मजदुरको संयुक्त बैठकले हाललाई दस जना मजदुर हटाउने सहमति गरेको थियो। सोही सहमतिअनुसार उहाँहरु हट्नुभएको हो।'

लेखापाल नेपालले उद्योगमा काम बढे पुनः उनीहरुलाई नै काममा लगाउने सहमतिसमेत भएको सुनाए। श्रम ऐनकानुनअनुसार नै प्रक्रिया पुर्‍याएर उनीहरुलाई काम गरेकोभन्दा एक महिना बढीको तलबसमेत दिएर बिदा गरिएको लेखापाल नेपाल बताउँछन्।

उनले उद्योगमा श्रम कार्यालयबाट मजदुर हटाएकोबारे पत्र आएको स्वीकार गर्दै त्यसको उत्तर दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए।उनका अनुसार अरु काम नभएका मजदुरहरुलाई पनि प्रक्रिया पुर्‍याएर उद्योगले क्रमशः हटाउने लाने भएको छ।

'दुई वर्षअघिदेखि पस्मिनाको बजार खस्कँदै आएको छ। जसको प्रत्यक्ष असर उद्योगमा पनि परेको छ,' लेखापाल नेपालले भने, 'त्यसैले काम नहुने मजदुरहरुलाई क्रमशः हटाउँदै लगिनेछ। काम गर्दै आएका मजदुर हटाउनु हाम्रो इच्छा होइन। कामै नभएपछि तलब खुवाएर राख्न सकिन्न।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.