मापसे गरेर दुई ट्याक्सी तोडफोड, एकजना पक्राउ
काठमाडौं : मादक पदार्थ सेवन गरेर ट्याक्सी तोडफोड गर्ने एकजनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। नागर्जुन नगरपालिका-४ सीतापाइला चोकबाट बा.२ ज ६९१ र बा.२ ज ६६३ नम्बरको २ वटा ट्याक्सी तोडफोड गरेको अभियोगमा त्यही नगरपालिका रामकोट बस्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ घर भएका २१ वर्षीय दिनेश बिक रहेका छन् । उनले मादक पदार्थ सेवन गरी ट्याक्सी तोडफोडपछि भाग्ने क्रममा महानगरीय प्रहरी बृत्त स्वयम्भूकोको टोलीले पक्राउ गरेको हो ।