प्रदेश ५ गाडी खरिद प्रकरण : छानबिनमा तानिएका व्यक्ति नै बैठकमा

प्रदेश ५ गाडी खरिद प्रकरण : छानबिनमा तानिएका व्यक्ति नै बैठकमा

बुटवल : पाँच नम्बर प्रदेशमा गाडी खरिदमा भएको अनियमितता आशंकामा छानबिन गरिरहेको सार्वजनिक लेखा समितिले ठोस प्रतिवेदन तयारमा विलम्ब गरेको छ । उपसमितिले दिएको प्रतिवेदनमा कतिपय विषयहरु छानबिन हुन बाँकी रहेपछि मूल समितिमै छलफल शुरु भएको हो ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकले गाडी खरिदकर्ता र विक्रेताको बयान लिनेबारे छलफल गरेको छ । प्रतिवेदनमाथि मूल समितिमै छलफल गरी प्रतिवेदन तयार गरिने सभापति डिल्ली चौधरीले बताए ।

‘उपसमितिको प्रतिवेदनमा अझै केही कुराहरु अनुसन्धान गर्न बाकी देखिएका छन्, अव मुल समितिले नै बयान लिने र प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने काम गर्छ’, उनले भने, ‘बुधबार करिव तीन घण्टा बसेको समितिको बैठकले कुनै ठोस निर्णय लिन सकेन ।’

समितिले प्रदेश सभा र मन्त्रालयपिच्छे एउटै गाडीको मूल्य फरक हुनुको कारणमाथि अनुसन्धान गर्ने सभापति चौधरीले बताए । प्रदेशका मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीमा करिव एक लाखको अन्तर रहेको छ । उपभोक्ता मुल्य ६५ लाख ५५ हजार रहेको छ । 

टाटा स्ट्रोम गाडीको विशेषता निर्धारणमै चलखेल भएको आशंका गरिएको छ । प्रदेश सभाले बुटवलकै हेबी इक्युपमेन्ट कार्यालयलाई टाटा स्ट्रोमै विशेषता तोकेर ‘स्पेशलाइसेजन’ निकाल्न पत्र काटेको भेटिएपछि अनियमितताको आशंका झन बढेको हो । प्रदेश सभाले ११ र मन्त्रालयहरुले चार वटा गाडी खरिद गरेका छन् । मन्त्रालयले करिव ७३ लाख, प्रदेशसभाले ७२ लाखमा गाडी खरिद गरेका हुन् ।

गाडी खरिदको अनियमितता आशंका छानबिन गर्न पुस २८ गते गठन भएको उपसमितले प्रारम्भिक प्रतिवेदन मुल समितिमा बुझाएको छ । त्यो प्रतिवेदनले प्रंक्रिया मिलाए पनि गाडी खरिद नियतमा खोट रहेको जनाएको छ । सभापति चौधरीले प्रतिवेदनमाथि छलफल र बयान लिने क्रम तीन दिनमा सक्ने बताएका छन् ।

छानबिन गरिने व्यक्ति नै समितिमा

प्रदेश सभाले खरिद गरेको गाडी अनियमिता आशंकामा छानबिन गरिरहेको सार्वजनिक लेखा समितिको सचिव प्रदेश सभाकै लेखापाल रामचन्द्र मरासिनी छन् । गाडी खरिद गर्ने प्रक्रियाका प्रमुख व्यक्ति नै समितिको गोप्य बैठकमा बस्दा छानबिन प्रभावित हुने आशंका भएको छ ।

बुधबारको बैठकमा सञ्चारकर्मीलाई निषेधित गरिएपनि लेखापाल भने सचिवको हैसियतमा प्रतिवेदनमाथि छलफलमा सक्रिय थिए । ‘माननीयको भन्दा उहाँले (लेखापाल) चर्काे स्वरले तर्क गर्नुहुन्छ, उहा बस्न हुने कि नहुने ?’, समितिका एक सदस्यले भने ।

सभापति चौधरीले भने कागजात शिलबन्दी गरिएकाले बैठकमा बस्दैमा निर्णय प्रभावित हुने दाबी गरे । लेखा समितिको बैठक बिहीबार पनि बस्दैछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.