सरकारले पर्याप्त काम गरेको छ : प्रचण्ड

सरकारले पर्याप्त काम गरेको छ : प्रचण्ड

चौतारा : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बितेको एक वर्षमा  पर्याप्त काम गरेको दाबी गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेस्थित सेतीदेवी पञ्चकन्या माविको वार्षिकोत्सवमा बोल्दै दाहालले बाहिर नदेखिए पनि सरकारले धेरै परिवर्तन गरेको बताएका हुन् । ‘बाहिर देखिएको छैन तर युगान्तकारी परिवर्तन भएको छ’, दाहालले भने, ‘मुलुकको समृद्धितर्फ सरकारले काम गरिरहेको छ ।’ 

उनले सरकारको कामबाट अत्तालिएर अनावश्यक विरोध आउन थालेको बताए । कम्युनिष्ट पार्टीको एकीकरणसँगै अबको १० वर्षमा राजनीति पूरा सफा गरेर विकासको गतिमा जाने प्रतिज्ञा लिएको तर्क राखे ।

नेपाललाई भारत र चिन दुबैतर्फबाट रेलमार्गले जोड्ने काम अघि बढिसकेको दाहालले बताए । निर्वाचनपछि सरकारले आबश्यक सबै ानुन निर्माण गरिसकेकाले अब विकासको गतिमा जाने मात्र काम बाँकी रहेको उनको धारणा थियो । ‘गरिबीको कारणले पढ्न र उपचार नपाउने अबस्थाको अन्त्य भएको छ’, नयाँ बनेको कानुनको प्रशंसा गर्दै भने, ‘आर्थिक अभावका कारण उपचार नपाउने र पढ्न नपाउने अबस्था आएमा सरकारले नै लगानी गरिदिनुपर्ने कानुन पारित भइसकेको छ ।’

निजी विद्यालयलाई बिस्तारै नियन्त्रण गर्दै सामुदायिक विद्यालयको गुणस्तर र पूर्वाधार बिस्तारमा सरकार अघि बढेको उनको भनाई थियो । सरकार शिक्षालाई राजगारीसँग जोड्ने नीति बनाउन लागेको दाहालले जानकारी दिए । 

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्न थालेको बताए । उनले शैक्षिक क्षेत्रको विकासले मुलुकको समग्र विकासको बाटो खुल्ने भएकाले यस क्षेत्रको विकासका लागि निरन्तर लागिपर्नुपर्ने धारणा राखे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.