सुरक्षाकर्मीतर्फका सहिदलाई पनि सुविधा र सम्मानको माग

सुरक्षाकर्मीतर्फका सहिदलाई पनि सुविधा र सम्मानको माग

काठमाडौं : द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले सुरक्षाकर्मीतर्फका सहिद परिवारलाई सुविधा र सम्मानको माग गरेका छन् ।

द्वन्द्वका क्रममा मारिएका सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरलगायतका सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको भए पनि अन्य सहिद परिवारलाई उपलब्ध गराएको आर्थिक सहयोग, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा आरक्षणको व्यवस्था गर्न माग गरेका हुन् ।

माइतीघरमा आज आयोजित विरोध प्रदर्शनमा द्धन्द्धपीडित सुरक्षाकर्मीको संस्थाका सदस्य नवराज श्रेष्ठले देश र जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले द्वन्द्वका क्रममा मृत्युवरण गरेका कारणले सरकारले उनीहरुलाई सहिद घोषणा गरेकामा खुसी व्यक्त गर्दै उनीहरुका परिवारलाई आवश्यक सुविधा उपलब्ध गराउन माग गरे ।

संस्थाका सदस्य मञ्जु गिरीले शहादतप्राप्त चारै निकायका सुरक्षाकर्मीलाई सरकारले हालै सहिद घोषणा गरेकामा त्यसको स्वागत गर्दै सरकाको उक्त घोषणाले राष्ट्रसेवक योद्धालाई सम्मान भएको र उनीहरूका परिवारलाई हौसला मिलेको बताइन् । उनले घाइते, अशक्त सुरक्षाकर्मीलाई अशक्तता प्रतिशतका आधारमा आर्थिक राहत दिनुपर्नेमा जोड दिइन् ।

१० वर्षसम्म भएको द्वन्द्वका क्रममा दुई हजार बढी सुरक्षाकर्मीले शहादत प्राप्त गरेकामा सरकारले केही साताअघि उनीहरुलाई सहिद घोषणा गरेको थियो ।
–रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.