छातीमा गोली हानेर आत्महत्या !

छातीमा गोली हानेर आत्महत्या !

रोल्पा : भरुवा बन्दुक आफैमाथि चलाएर रोल्पामा एक युवकले आत्महत्या गरेका छन्। जिल्लाको दक्षिणी भेगको रुन्टिगढी गाउँपालिका-९ धाराटोलका २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक चलाएका हुन‍्। 

जिल्ला प्रहरी कार्यालयक अनुसार मिशनको छातीमा गोली लागेको छ। घरको बुइगल जाने लिस्नोमुनि उनी रगताम्य अवस्थामा फेला परेका थिए। पत्नी घाँसपात गर्न बारीमा गएको बेला बुधबार बिहान ११ बजे बन्दुकले प्रहार गरी आत्महत्या गरेका हुन्। मिशन घरमा दुई वर्ष चार महिनाकी छोरीसँगै थिए।

पत्नी कल्पना बुढा घाँस लिएर घर आउँदा उनी रगताम्य छ्टपटाइरहेका थिए। 'छोरी बुइगलमा रुदै थिई। छ्टपटाई रहेका बेला पानी खुवादिँदा पिउन सक्नु भएन। एकछिन पछि प्राण नै गयो' श्रीमती कल्पनाले भनिन्।

बन्दुक पड्केको अवस्थामा मिशनकै छेउमा फेला परेको इप्रका होलेरीका इन्चार्ज प्रहरी निरिक्षक लेखनाथ चापागाईंले बताए। उनका अनुसार प्रहरी घटनास्थलमा दिउँसो दुई बजे पुगेको थियो। घटना मुचुल्का उठाएर पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र होलेरी राती अबेर लगिएको वडा-९ का सदस्य पुर्ण कवरले जानकारी दिए। बिहिबार मध्यान्ह पोष्टमार्टमगरी शव परिवारलाई बुझाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ। घरमै राखिएको बन्दुक पनि अवैध रहेको अनुमान छ। खेती किसान गर्ने मिशनमा छारे रोग रहेको पारिवारले जनाएको छ। छ भाइ मध्ये मिशन माइला हुन् । दाईभाईसँग उनीहरु छुट्टीएर बसेका  थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.