सिन्धुलीको फिक्कलमा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, ८ घाइते

सिन्धुलीको फिक्कलमा बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, ८ घाइते

सिन्धुली : सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। बिहिबार दिउँसो भएको दुर्घटनामा ८ जना घाइते भएका हुन्।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको हो। 

दुर्घटनामा परी १ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए। मृतकहरुको पहिचान भइनसकेको र घटनास्थलमा उद्धार कार्य जारी रहेको थापाले जानकारी दिए। 

गम्भीर घाईतेमध्य ४ जनालाई उद्धार गरी धुलीखेल अस्पताल तर्फ पठाउँने तयारी भई रहेको छ भने अन्य घाइतेहरुलाई खुर्कोट स्थित सामुदायिक अस्पताल ल्याइँदै छ। घट्नाबारे थप विवरण आउँन बाँकी नै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.