मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

मेगा बैंकको नाफा ८६ प्रतिशतले बढ्यो

काठमाडौं : मेगा बैंकले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो। पहिलो त्रैमासमा ४० करोड ४५ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

बैंकको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख मुनाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ। 

२०७५ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ जुन ५५ प्रतिशतको वृद्धि हो। त्यसैगरी, कर्जा तथा सापटी २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ जुन ६२ प्रतिशतको वृद्धि हो। 

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र २ हजार ३ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.