सवारी दुर्घटनामा प्रदेश सदस्य घाइते
दाङ : सवारी दुर्घटनामा प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार वली घाइते भएका छन्। दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य वली दुर्घटनामा घाइते भएका हुन्।
घोराही बाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई घोराही–लमही सडकखण्डको चिसापानीमा ठक्कर दिएको थियोे ।
कारमा सवार वलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ । घाइते सांसद वलीको अवस्था गम्भीर छ । उनको लमही अस्पतालमा उपचार भइरहेको छ।