दाङमा दुर्घटना : एक जनाको मृत्यु, प्रदेशसभा सदस्यसहित १४ घाइते (अपडेट)

दाङमा दुर्घटना : एक जनाको मृत्यु, प्रदेशसभा सदस्यसहित १४ घाइते (अपडेट)

दाङ : दाङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। घोराही बाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कारलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो। मृतक महिलाको सनाखत हुन सकेको छैन। अन्य १४ जना घाइते भएका छन्। 

कारमा सवार प्रदेशसभा सदस्य उत्तमकुमार वली गम्भीर घाइते भएका छन्। बसले सांसद वली सवार कारलाई घोराही–लमही सडकखण्डको चिसापानीमा ठक्कर दिएको थियो।

दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य वली घाइते भएका हुन्।  कारमा सवार वलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ। गम्भीर घाइते वलीको लमही अस्पतालमा उपचार भइरहेको छ। 

गम्भीर घाइते ओलीलाई थप उपचारका लागि जिल्ला बाहिर लाने तयारी भइरहेको छ। उपचार गराउँदै सांसद उत्तमकुमार वली । तस्बिर : गोपाल शर्मा
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.