जाडोका कपडा कसरी थन्क्याउने ?
आफूले लगाउने कपडालाई इज्जत दिन सके मात्रै कपडाले पनि आफ्नो इज्जत दिन्छ भन्ने भनाइ जताततै सुन्न पाइन्छ। जाडो सकिनै लाग्दा बाक्ला कपडा र जुत्ता थन्क्याउने चटारो सबैलाई हुन्छ।
कपडालाई धुलो, धुवाँ, चिसो र हुस्सु समेतबाट बचाएर राख्न सके मात्रै अर्को सिजनमा राम्ररी लगाउन मिल्छ। नत्र जति नै राम्रा र दामी कपडा किने पनि अर्थ राख्दैन। यसका लागि केही टिप्स दिइएको छ।
जाडोमा प्रयोग गरिएका कपडा धोएर मात्रै राख्ने।
जुत्ता, चप्पल र लामा बुटहरु राम्ररी सफा गरेर हावा नछिर्ने गरी राख्ने।
च्यातिएका, उध्रिएका कपडाहरुरू मर्मत गर्ने बानी गर्ने।
लामो समय प्रयोग गर्न मन नलागेका सामानहरू अनाथ र असहायसम्म पुर्याउने संस्थालाई दिने।
ऊनीका कपडा थन्क्याउन प्लास्टिकको सट्टा ऊनी र कागजका झोला प्रयोग गर्ने।
कोटलगायत औपचारिक पोसाकलाई झुन्ड्याएर मात्रै राख्ने।