नेपाल आउने पर्यटक घटे

नेपाल आउने पर्यटक घटे

काँकडभिट्टा : पूर्वी नाका भएर नेपाल प्रवेश गर्ने तेस्रो देशका पर्यटकको संख्या घटेको छ। अध्यागमन कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा यो नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या घटेको छ।

कार्यालय प्रमुख पवनकुमार गुप्ताका अनुसार २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार चार सय ९७ थिए भने सन् २०१८ मा ११ हजार एक सय ७५ मात्र रहेका छन्। सन् २०१७ मा सात हजार पाँच सय २८ विदेशी र तीन हजार नौ सय ६९ नेपाली नेपाल आएको कार्यालयको तथ्यांकले देखाएको छ।

प्रमुख गुप्ताका अनुसार सन् २०१८ मा छ हजार चार सय १८ विदेशी र चार हजार छ सय ५७ नेपाली काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका छन्। सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बंगलादेशबाट दुई हजार २५, भुटानबाट एक हजार छ सय १६, अमेरिकाबाट आठ सय २२, दक्षिण कोरियाबाट चार सय २० र फ्रान्सबाट दुई सय १२ पर्यटक भित्रिएका थिए।

सन् २०१८ मा सबैभन्दा बढी बंगलादेशबाट एक हजार नौ सय ३२, अमेरिकाबाट आठ सय ५६, भुटानबाट सात सय ६९, कोरियाबाट तीन सय ६० र थाइल्याण्डबाट तीन सय आठ पर्यटक नेपाल आएका थिए। प्रमुख गुप्ताले अघिल्लो वर्षभन्दा गतवर्ष नेपाल घुम्न आउने बंगलादेशी नागरिकको संख्यामा ९३ ले कमी आएको र भुटानी नागरिक पनि यस वर्ष आठ सय ४७ ले घटेको बताए। नेपालमा कुनै पर्व, महोत्सव र धार्मिक कार्यक्रमका लागि यो नाकाबाट तेस्रो देशका नागरिक नेपाल आउने र तिनै नागरिकको संख्याले गर्दा तथ्यांक हरेक वर्ष घटबढ हुने गरेको गुप्ताको भनाइ छ। ‘२०१७ मा नेपालका गुम्बा उद्घाटन गर्ने बौद्धसम्बन्धी धार्मिक कार्यक्रम बढी भएका कारण भुटानबाट धेरै नागरिक नेपाल आएको र २०१८ मा त्यस्ता कार्यक्रम कम भएकाले नेपाल आउनेको संख्या पनि कम देखिएको हो’, उनले भने।

यसैबीच, काँकडभिट्टा नाकाबाट भित्रने पर्यटकको संख्यामा कमी आए पनि यो नाकालाई प्रयोग गर्दै बहिरिनेको संख्या भने बढेको छ। सन् २०१७ र २०१८ को तथ्यांकलाई हेर्दा यो नाकाबाट बाहिरिने पर्यटकको संख्या बढेको देखिएको हो। तेस्रो मुलुक बाहिरिने पर्यटक संख्या सन् २०१७ मा १० हजार तीन सय ६६ थियो भने सन् २०१८ मा १० हजार पाँच सय पाँच छ। सन् २०१७ मा छ हजार सात सय ४८ विदेशी र तीन हजार छ सय १८ नेपाली पर्यटक नाका हुँदै बाहिरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ। सन् २०१८ मा छ हजार चार सय ४५ विदेशी र चार हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ।

सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बंगलादेशबाट दुई हजार २५, भुटानबाट एक हजार छ सय १६, अमेरिकाबाट आठ सय २२, दक्षिण कोरियाबाट चार सय २० र फ्रान्सबाट दुई सय १२ पर्यटक भित्रिएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए। भारतमा ९० दिनका लागि मात्र भिसा दिने र सो समय कटेपछि भारत छाड्नै पर्ने भएकाले नजिकै रहेको नेपालको सीमानामा अवस्थित अध्यागमन कार्यालय काँकडभिट्टामा आएर १५ दिनको भिसा लगाउने र पुनः फर्कने हुँदा फर्कनेको संख्या बढी देखिएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.