क्रिकेटर अविनाश बने ब्राण्ड एम्बेस्डर
नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी अविनाश बोहरालाई एउटा निजी कम्पनीले ब्रान्ड एम्बेस्डर बनाएको छ ।
नेपालगन्जको बीबी साइकलले बोहरालाई एक वर्षका लागि ब्रान्ड एम्बेस्डर नियुुक्त गरेको हो । वर्षको एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बराबरको खेल सामग्री उपलब्ध गराउने बीबी साइकलका प्रोप्राइटर हाजीब मोहम्मद सरिफ बागवानले बताए ।
हाजीब र बोहराबीच बिहीबार नेपालगन्जमा सम्झौता गरिएको हो । बोहराले ब्रान्ड एम्बेस्डर बन्न पाउँदा निकै खुसी र उत्साही भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘आगामी दिनमा अझै राम्रो क्रिकेट खेल्ने जिम्मेवारी थपिएको महसुश भयो ।’
युएईमा सम्पन्न्न एकदिवसीय टी–२० क्रिकेट सिरिज सम्पन्न गरी बुधबार गृह जिल्ला बाँके आएका बोहरा शनिबारबाट धनगढीमा हुन लागेको डीपीएलका लागि खेल्न प्रस्थान गरेका छन् । डीपीएलमा उनी महेन्द्रनगर युनाईटेडबाट खेल्दै छन् ।