पर्यावरण जोगाउन 'राईड टु कोशीटप्पु' साइकल र्‍याली

पर्यावरण जोगाउन 'राईड टु कोशीटप्पु' साइकल र्‍याली

गाईघाट : पर्यावरण र पर्यटन विकासका लागि उदयपुरका पहिलोपटक 'राईड टु कोशीटप्पु २०७५' को यात्रा शुक्रबार सुरु भएको छ। स्वस्थ रहन र पर्यावरण जोगाउनका निम्ति देशैभरका साइकल प्रेमीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरे। 

उदयपुर जिल्ला साइकिलिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा भोली सकिने छ। स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहेको छ। 

त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापा (स्वस्ति), नेपाली सेनाको १८ नं. वाहिनीका बाहिनीपति हिमांसु खड्काको सहभागी थियो। कार्यक्रम साइकिलिङ प्रतिष्पर्धात्मकभन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहेको जिल्ला साइकिलिङ संघका अध्यक्ष जितेन्द्र रोईलाले जानकारी दिए। 

गाईघाटबाट सुरु भई उक्त यात्रा मध्यान्न चौदण्डीगढीको बेल्टार-बसाहा हुँदै साँझ बेलका नगरपालिका पुगेको छ।टोलीलाई बेलुकाको बास कोशी टप्पु क्षेत्रमा व्यवस्थापन गरिएको छ। कार्यक्रममा उदयपुर र बाहिरी जिल्लाका गरी करिब २ सय जना साइकल यात्रीको सहभागित रहेको अध्यक्ष रोईलाले बताए।

बारी जिल्लामा नेपालगन्ज, पोखरा, वुटवल, हेटौडा, काठमाडौंहुँदै नेपाली सेनाको १८ नं बाहिनीअन्र्तगतका उदयपुर, सिरहा, खोटाङ जिल्लाका साइकल यात्रीको सहभागित रहेको छ। ६० किलोमिटरको यात्रा तय गरिएको उक्त कार्यक्रम बेलकाको रामपुर बजारपछि सप्तकोशीमा सञ्चालित जेटबोटबाट प्रशिद्ध धार्मिकस्थल बाराहा क्षेत्रको मन्दिर दर्शन गरी समापन गर्ने कार्यक्रम रहेको छ।

बढ्दो लागुऔषध दुब्र्यसन, सडक दुर्घटना न्युनिकरणका लागि समेत सन्देश फैलाउन आगामी वर्षमा पनि निरन्तरता दिने आयोजकको लक्ष्य छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.