झापामा टेम्पो दुर्घटना, चालकसहित ४ जना घाइते
बिर्तामोड : झापाको भद्रपुर नगरपालिका–१ स्थित हिमाली चोकमा बिहीबार टेम्पो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
चारआली–केचना सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ ह ३५९१ नम्बरको टेम्पो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा टेम्पो चालक भद्रपुर नगरपालिका–६ की निन्दु माझी, रैनी माझी, कचनकबल गाउँपालिका–१ की आमोदी माझी र ठेगाना नखुलेकी फूलमुनिया साह घाइते भएका हुन् ।
दुर्घटनामा घाइते सबैलाई उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि टेम्पो प्रहरीको नियन्त्रणमा राखिएको छ ।