आँगनमै घुम्तीशिविर पुगेपछि राहत

आँगनमै घुम्तीशिविर पुगेपछि राहत

बिर्तामोड : अर्जुनधारा ३ का युवराज दुलाल लामो समयदेखि आँखाको उपचार गर्न खर्च नभई घरमै थलिएका थिए। अर्जुनधारादेखि बिर्तामोड गएर आँखाको उपचार गर्नु अन्यका लागि सामान्य विषय भए पनि उपचार गर्ने रकम नहुँदा दुलाललाई यो समस्या पहाड झै उभिएको थियो।

तर, नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापाले उनकै घर नजिक एकीकृत घुम्ति शिविर सञ्चालन गरेपछि दुलाल र उनी जस्तै धेरै नागरिकले राहत महसुस गरेका छन्। ‘अस्पताल जाने आँट पनि थिएन, घर आगनमै घुम्ती शिविर आएपछि उपचार पनि गराएँ। ठूलो राहत महसुस भएको छ’, दुलालले भने।

उनले आफ्नो आँखाको उपचार मात्र गराएनन्। यही मौकामा छोराको फोटो सहितको मतदाता नामावली पनि बनाए। स्थानीय जनता माध्यमिक विद्यालयको प्रांगडमा एक दिन सञ्चालित शिविरबाट नागरिकहरूलाई जिल्ला सदरमुकाम र बिर्तामोडसम्म धाउनु पर्ने झन्जटबाट मुक्ति मिलेको प्रधानाध्यापक जय प्रकाश भण्डारीले बताए।

‘यहाँका नागरिकले उपचार गर्न भद्रपुर र बिर्तामोड धाउनुपर्ने हुन्छ भने, प्रशासनिक कामको लागि चन्द्रगढी पुग्नुपर्ने हुन्छ, शिविर गाउँमानै आउँदा धेरैलाई राहत मिलेको देखियो,’ शिक्षक भण्डारीले भने।

अर्जुनधारा नगरपालिका वडा नं. १, २ र ३ लाई लक्षित गरी एकीकृत घुम्ती शिविरको आयोजना गरिएको हो। एकैदिनमा शिविरबाट २ हजार ५ सय नागरिकले बिभिन्न सेवा लिएको प्रशासन कार्यालय झापाले जनाएको छ।

शिविरमा निशुल्क आँखा शिविर सहित नागरिकता वितरण, फोटो सहितको मतदाता नामावली संकलन, साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा आयोडिन युक्त नुन वितरण, मानव स्वास्थ्य शिविर, आयुर्वेद स्वास्थ्य शिविर, सशस्त्र प्रहरी बल हेड क्वाटर झापा २ नम्बर गणबाट विपद ब्यवस्थापनका लागि प्रविधिको प्रस्तुती लगायत सेवा समेत सञ्चालन गरिएको थियो।

यस्तै सर्पदंशको प्राथमिक उपचार विधिको जानकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाबाट पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर, कृषि ज्ञान केन्द्र झापाबाट घुम्ती बाली उपचार शिविर, माटो परीक्षण लगायतका सेवाहरु पनि प्रवाह भएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.