अन्नपूर्णकर्मी गौतमलाई पितृ शोक
नेपालगन्ज : अन्नपूर्ण पोस्ट् दैनिकका वरिष्ठ संवाददाता दिनेश गौतमलाई पितृ शोक परेको छ।
गौतमका ७८ वर्षीय पिता नवनिधि गौतमको शुक्रबार राति निधन भएको हो। शनिबार दिउँसो बर्दियाको बबई नदीको भादा घाटमा हिन्दु संस्कार अनुसार उनको दाहसंस्कार गरिएको छ।
गौतम लामो समयदेखि दम र उच्च रक्तचापको उपचार गराइरहेका थिए।
गौतमका तीन छोरा र दुई छोरी छन्।