जब फुटीको ज्योति फिर्यो
ओखलढुङगा : १५ वर्षअघि आँखा देख्न छाडेकी फुटी शेर्पाले सल्यक्रियापछि ज्योती फिर्ता पाएकी छन्। खिजिदेम्वा गाउँपालिका– ३ की ६५ वर्षीया शेर्पालाई आखाँ शिविरमा छोराले बोकेर ल्याएक थिए। तर, आँखाको अप्रेशनपछि उनी हिडेर घर फर्किइन्।
खिजिदेम्वा गाउँपालिकासँग सहकार्य गरी ‘तिरोल अष्ट्रिया हेल्पा चुप्लुङ नेपाल’ संस्थाको सहयोगमा माघ ९ गतेदेखि गाउँपालिकाको प्रत्येक वडामा निशुल्क शिविर आयोजना गरेको थियो। गाउँपालिकाले सहकार्य गरेको उक्त शिविर सम्पन्न भएको छ।
शिविरमा ७९ जना विरामीको निशुल्क सल्याक्रिया भएको छ। त्यस्तै दुई हजार दुई सय ५० जना विरामीको निशुल्क आँखा जाँच गरिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए। बोकेर शिविरमा ल्याइएका १० जना बृद्धबृद्धाको सफल सल्याक्रिया पछि हिडेरै घर फर्केए। तिलगंगा आखाँ प्रतिष्ठानको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो।
पहिलो चरणमा गाउँपालिकाका सबै वडामा विरामीको छनौटपछि खिजिफलाटेमा केन्द्र बनाएर आँखाको सल्याक्रिया गरिएको थियो।