दाङमा अपहृत ३ वर्षीया बालिकाको उद्धार, अभियुक्त पक्राउ

दाङमा अपहृत ३ वर्षीया बालिकाको उद्धार, अभियुक्त पक्राउ

दाङ : दाङमा सोमबार दिउसो अपहरणमा परेकी एक बालिकाको सकुशल उद्धार भएको छ ।

घोराही उपमहानगरापालिका–१४ कपासीबाट खेलिरहेको अवस्थामा अस्मिता शाहीकी ३ वर्षीया छोरी अपहरणमा परेकी थिइन् । अपहरणको केही घण्टामै प्रहरीले उनको सकुशल उद्धार गरेको हो ।

सोमबार दिउसो अपहरण परेको हल्ला भएपछि तत्काल प्रहरीले चारै नाका सिल गरेर खोजी गर्दा अपहरणमा परेका नाबालिकालाई सकुशल उद्धार गरिएको छ भने बालिका अपहरण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरणको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । घोराही–६ का २८ प्रयास चौधरीलाई बालिका अपहरणको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बताए ।

प्रहरीका अनुसार चौधरीले  भाडामा बस्दैआएकी शाहीको कोठा नजिकैबाट बालिकाको अपहरण गरेका थिए । बालिका अपहरण गरी भागेको भन्दै प्रहरीले जिल्लाका सम्पूर्ण नाका बन्द गरी  खोजतलास गरेको र समयमै बालिकाको उद्धार भएको प्रहरीले बताएको छ ।

बालिकालाई प्रहरीले घोराहीको रतनपुर चोकबाट सोमबार सकुशल उद्धार गरेको हो । चौधरीलाई  अपहरण वा शरीर बन्दक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको दाङ प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.