डीपीएलमा दुई घरेलु टोली पराजित

डीपीएलमा दुई घरेलु टोली पराजित

धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा दुवै घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेड पराजित भएका छन्। धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले विजयी सुरुआत गरेको छ। काठमाडौंले घरेलु टोली धनगढी स्टार्सलाई चार विकेटले पराजित गर्‍यो।

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको एक सय ३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा गर्‍यो। काठमाडौंका गौरव तोमार दुई छक्का र तीन चौकाको मद्दतले २४ बलमा २८ रन बनाए। अनिल साहले २४ रन बनाए। अंकिद बासले २९ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ललाई बाबर हयातले बोल्ड गरेपछि उनी तीन रन बनाएर पेवेलियन फर्किए। महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे। बलिङका धनगढीका रोहन मुस्तफाले चार विकेट लिए। टस हारेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३२ रन बनाएको थियो।

धनगढीको सुरुआती प्रदर्शन राम्रो रहेन। ओपनरद्वय सुनील धमला र रोहन मुस्तफालाई सस्तैमा गुमाएको धनगढीले यसपछि तेस्रो विकेटका लागि अमित श्रेष्ठ र सन्दीप रजालीबीच ५२ रनको साझेदारी भएको थियो। अमित श्रेष्ठले प्रतियोगिताको पहिलो अर्धशतक बनाए। ५० बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए।

यसैगरी सोमबार नै भएको अर्को खेलमा रूपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ रोजेको रूपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ११ रन बनायो।

एक सय १२ रनको विजय लक्ष्य पाएको महेन्द्रनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय नौ रनमा समेटिएको थियो। टोलीका आनन्द सुब्रमनियनले २५ र रोहित पौडेलले २४ रन बनाए। कप्तान शरद भेषावकर चार, कुशल मल्ल नौ, आरिफ शेख पाँच र सिद्धान्त लोहनी चार रनमा आउट भए। रूपन्देहीका विक्रम सोवले तीन विकेट लिए। पुनित मेहराले दुई तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र वसन्त रेग्मीले एक एक विकेट लिए।

यसअघि रूपन्देहीका लागि सुमित महर्जनले २७ रन बनाए। प्रदीप ऐरी एक, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा तीन, भीम सार्की दुई रन बनाउँदै आउट भए। कप्तान वसन्त रेग्मी र ललितसिंह भण्डारी शून्यमा आउट भएका थिए। कृष्ण कार्कीले चार रन जोडे। विक्रम सोबले अविजित १६ रन बनाए।

बलिङमा महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले तीन विकेट लिए। सागर ढकाल र अविनाश बोहराले दुई दुई विकेट लिए। कप्तान शरद भेषावकरले एक विकेट झारे।

लिगअन्तर्गत मंगलबार धनगढी स्टार्स र सीवाईसी अत्तरिया तथा विराटनगर किंग्स र रूपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.