बाँकेमा पहिलो पटक बीएस्सी एजीको पढाइ सुरु

बाँकेमा पहिलो पटक बीएस्सी एजीको पढाइ सुरु

नेपालगन्ज : बाँके जिल्लामा पहिलो पटक कृषिमा स्नातक तहको शिक्षा सुरु भएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट २० असारमा सम्बन्धन पाएको कोहलपुरको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरमा बी.एस्सी एजीको पढाइ थालेको हो। २५ माघमा अभिमुखीकरण लिएर कलेजमा २५ जना विद्यार्थी पढिरहेका छन् ।

'एक साता विद्यार्थीलाई बाँकेका कृषि फार्मको अवलोकन गराउने काम जारी छ’, कलेज सन्चालक समितिका अध्यक्ष केशरबहादुर आलेले अन्नपूर्णसँग भने, ‘नियमित कक्षा सन्चालन भने ५ फागुनदेखि मात्र हुनेछ। पढाइमा मद्दत पुगोस भनेर फार्महरुको अवलोकन गराइएको हो।’

बाँकेमा रहेका कृषि अनुसन्धान केन्द्र र कृषिका ठूल्ठूला फार्महरु फागुन ४ गतेसम्म विद्यार्थीलाई अवलोकन गराउने कलेजले जनाएको छ।

बेलायती सेनाका भूतपूर्व सैनिकहरुले सन्चालन गरेको यो कलेजले ५० जना विद्यार्थी भर्नाका लागि सम्बन्धन पाएको छ। भेटनरी विषयका विद्यार्थीको प्रवेश परीक्षाको नतिजा आउन बाँकी रहेकाले त्यहाँ पास भएका विद्यार्थीले पनि कृषिमा भर्ना हुन पाउने व्यवस्था छ।

०७१ सालदेखि बिएस्सी एजीको सम्बन्धन लिने तयारी थालेको यो कलेजले बैजनाथ गाउँपालिकाको बानियाटारमा ६ विगाह क्षेत्रफलमा कृषि फार्मसहितको शिक्षालय भवन बनाएको छ। सन्चालनमा आउनु अघि नै पूर्वाधार निर्माणमा ६ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको कलेजले जनाएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट आंगिक क्याम्पसको मान्यता पाएको खजुराको जनता माबि सन्तकुटीमा आगामी शैक्षिक शत्रबाट बीएस्सी एजीमा अध्यापन गर्ने तयारी छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.