भोजपुरमा ट्रेल रेसको तयारी पुरा

भोजपुरमा ट्रेल रेसको तयारी पुरा

भोजपुर : भोजपुर ट्रेल रेसको चौथो संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ। आउँदो फागुन ४ गते पौवादुङ्मा गाउँपालिकास्थित सानोदुङ्मा माविबाट सुरु हुने ३६ किलोमिटरको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। सो खेलका लागि १० बढी पैदलमार्गको रुटको अनुगमन गरिएको थियो।

विश्व अल्ट्रा धावक मिरा राईको जन्मथलो भोजपुरमा मिरा राईजस्तै खेलाडी उत्पादन् गर्ने लक्ष्यले वर्षेनी आयोजना हुने सानोदुङ्मा माविबाट दिर्घेभञ्ज्याङ, तिवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, बोखिम दाम्सिङको पाँचधारे, देउरालीचोक हुँदै सदरमुकामको सहिदपार्कसम्मको ३६ किलोमिटरको दौडमा डेढ सय बढी धावकको सहभागिता रहने प्रायोजक रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकाडेमी भोजपुरले जनाएको छ।

दौडमा विदेशी ७ जना, काठमाडौँबाट ३० जना, धरानबाट ८, दमकबाट ७, पोखराबाट ५, खोटाङबाट ३, संखुवासभा ६ जना प्रोफेशनल धावक र जिल्लाभित्रका एकसय २० बढि धावकले सहभागिता जनाउने बताईएको छ । 

दौडमा प्रोत्साहनका लागि १२ वर्ष उमेर मुनिका ईच्छुक बालबालिकालाई सानोदुङ्मा माविबाट अल्ट्राधावक मीरा राईको घर सानोदुङ्मासम्म ३ किलोमिटर, ३६ किलोमिटर दौड लगाउन नसक्नेका लागि पौवादुङ्मा गाउँपालिकाको च्याङ्ग्रे मानेडाँडाबाट सानोदुङमासम्म ८ किलोमिटर र १६ वर्षभन्दा माथिका अन्य धावकलाई ३६ किलोमिटरको दौड रहने रीमाचुङ स्पोर्टस एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए।

उक्त दौडका लागि पौवादुङ्मा गाउँपालिकाले ३ लाख आर्थिक सहयोग गरेको छ। विश्वमाझ नेपाल चिनाउन सफल अल्ट्राधावक मिरा राईको योगदानलाई सम्मान गर्दै मिराको नाममा बहुउद्धेश्यीय रंगशालासँगै सामुदायिक भवन समेत निर्माण गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। राईले भने, 'मिराको सम्मानसँगै खेल क्षेत्रको विकासका  लागि आगामी गाउँसभाबाट रणनीतिक योजना बनाएर काम गर्ने तयारीमा छु।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.