वसन्त चाडमा घरेलु पर्यटकबाटै अर्बौं डलर

वसन्त चाडमा घरेलु पर्यटकबाटै अर्बौं डलर

पइचिङ  : चीनले एक साता लामो वसन्त चाडको बिदामा घरेलु पर्यटनबाट ७६.२१ बिलियन अमेरिकी डलरको आय गरेको जनाएको छ। फेबु्रअरी ४ देखि १० तारिखसम्मको एक साता लामो बिदामा घरेलु पर्यटनबाट भएको ७६ अर्ब अमेरिकी डलरको आय गतवर्षको तुलनामा ८.२ प्रतिशतले वृद्धि हो। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएअनुसार यो प्रकारको भ्रमणले चीनको आर्थिक चहलपहल बढ्ने गर्छ।

 चाइना टुरिजम एकेडमीका अनुसार त्यस अवधिमा चीनमा यात्रा गर्नेको संख्या करिब ४१ करोड ५० लाख पुगेको छ र गत वर्षभन्दा ७.७ प्रतिशतले वृद्धि भएको पनि हो। संग्रहालय, कला, ग्यालरी, पुस्तकालय र ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रमा पर्यटकको घुइँचो लागेको देखिन्छ। उक्त समयावधिमा पइचिङमा ८१ लाख पर्यटक भित्रिएका छन्। 

सिजिटिएनका अनुसार उक्त आँकडा गतवर्षको तुलनामा ५.३ प्रतिशतले बढेको छ। साथै उक्त अवधिमा बेइजिङको पर्यटन आय ८.२ बिलियन चिनियाँ रनवनमी पुगेको छ जुन १२.७ प्रतिशतले बढेको हो। चीनले पर्यटनमा गरेको यो प्रकारको ठूलो उपलब्धिबाट नेपालले पनि सिक्न सक्नुपर्ने धारण चिनियाँहरू व्यक्त गर्छन्। नेपाललाई माया गर्ने चिनियाँले यस्ता आँकडा नेपालमा राखिदिएर पर्यटनमा उत्साह बढाउन समेत सुझाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.