खुर्सानी डल्लेमा उर्लिए दर्शक

खुर्सानी डल्लेमा उर्लिए दर्शक

भोजपुर : चिसो मौसम मध्यान्हको तातो घामले तताउँदै गर्दा सदरमुकामको स्थानीय टुँडिखेल भोजपुरे दर्शकले खचाखच भरिँदै थियो। दर्शकमा बेग्लै उत्साह उमंग देखिन्थ्यो। लोकप्रिय भोजपुरे गायक भीषण मुकारुङको बहुचर्चित ‘खुर्सानी डल्ले’ को भाका सुन्न र उनलाई आँखै अगाडिबाट नियाल्न आतुर भोजपुर नगरपालिका बोखिमका ६३ वर्षीय मोहन श्रेष्ठ पनि निकै उत्साहित देखिन्थे। बिहान साढे ११ बजे नै टुँडिखेल आएका उनी मञ्च अगाडि नै बडो आनन्दले पलँेटी कसेर बसेका थिए।

‘आज खुर्सानी डल्ले नसुनी त घर गइन्नँ’, उनले भने, ‘घरको काम माया मारेर पो आको छु त।’ उनले थपे, ‘रेडियो र मोबाइलमा मात्र सुनेको सांगीतिक आवाजलाई आज आँखैले धीत मरुञ्जेल हेरेर गइन्छ।’ उमेरले पाका मोहन जस्तै वद्धवृद्धादेखि भर्खरका तन्नेरी तरुनी युवापुस्तामा समेत निकै चर्चा कमाएको भीषणको पछिल्लो खुर्सानी डल्लेको भाकामा नाच्न आतुर थिए दर्शक।

गडगडाहट तालीको बीच मञ्चमा देखिएका गायक भीषणले भोजपुरे दर्शकको मीठो स्वागत स्वीकार गर्दै ‘खुर्सानी डल्ले, मै जस्तो दुःखीलाई लैलै पत्याउँछ कल्ले’ बोलको मीठो पूर्वेली भाकामा दर्शक नचाए। उनको प्रस्तुतिमा भोजपुरे दर्शकले बडो गज्जबले ठुम्का मर्काए। साना केटाकेटीदेखि बूढाबूढीसम्म नचाउन भ्याएका भीषणले ‘अँधेरीमा जून फुल्दा माया’, ‘सोई ढोले’, ‘पूर्णिमाको जून’, ‘धेरैपछि भेटेको’ लगायतका गीतबाट भरपुर मनोरञ्जन दिलाए। मेला मात्र घुम्न आएका अरुण गाउँपालिका चम्पेका पवन राईलाई पनि मेलासँगै कन्सर्टले रोकेर भोजपुर बजारमै राख्यो।

गृहजिल्ला भोजपुर आएका भीषण मुकारुङले दर्शकको साथ र माया पाउँदा छाती गर्वले चौडा भएको भन्दै खुसी व्यक्त गरे। आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय भोजपुर समाज विकास संस्थाको आयोजनामा चलिरहेको ऐतिहासिक भोजपुर डबली मेलामा आयोजित सांगीतिक कार्यक्रममा भीषणलगायत राष्ट्रियस्तरका कलाकार तथा स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुति थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.