अख्तियार तातेपछि गुठीका जग्गा खोज्न मन्त्रालयको समिति

अख्तियार तातेपछि गुठीका जग्गा खोज्न मन्त्रालयको समिति

काठमाडौँ : सरकारले जनकपुरधामस्थित विभिन्न मठ मन्दिरका नाममा रहेका जग्गा खोजीका लागि छानबिन समिति बनाएको छ । धनुषा र महोत्तरीमा रहेका गुठीका सयौँ बिघा जग्गा हराएको पाइएपछि मन्त्रालयले खोजीका लागि तीन सदस्यीय टोली बनाएको हो । 

गुठीका कयौँ बिघा जग्गा हराएकोबारेमा अन्नपूर्ण पोस्ट्ले समाचार प्रकाशित गरेपछि त्यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको थियो। 

अख्तियारले यसबारे चासो राख्दै हराएका जग्गा खोजीका लागि तत्काल पहल अघि बढाउन निर्देशन दिएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपसचिव विक्रमप्रसाद पाण्डेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा गुठी संस्थानबाट अधिकृततहका एकजना प्रतिनिधि र मन्त्रालयकै नायव सुब्बा यमबहादुर श्रेष्ठ सदस्य रहेका छन् । यो समितिले जनकपुरका गुठीका जग्गा भएको हिनामिनाके खोजबिन गरी एक महिनामा प्रतिवदेन दिने भएको छ । 

जनकपुरका गुठीका जग्गालाई लिएर अहिले पनि विभिन्न अदालतमा ५ सय भन्दा धेरै मुद्दा चलिरहेका छन् । भूमि व्यवस्था मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज जोशीका अनुसार गुठीका जग्गा हराएको बारे अख्तियारको निर्देशन अनुसार छानबिन समिति बनाइएको हो । 

यो छानबिन समिति यथाशक्य चाँडो जनकपुर गएर हराएका गुठीका जग्गाको खोजबिन अघि बढाउने छ । अन्नपूर्णले देशका विभिन्न मठमन्दिरको नाममा रहेका कयौँ विगाह जग्गा हराएको समाचार निरन्तर प्रकाशित गर्दै आएको छ । 

अख्तियार हिन्दुहरुका आराध्यदेव पशुपतिकै जग्गामा भएका हिनामिनाको पनि छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.