४८ मेगापिक्सेलको क्यामरासहितको भीभो भी-१५ प्रो

४८ मेगापिक्सेलको क्यामरासहितको भीभो भी-१५ प्रो

काठमाडौं : चिनियाँ स्मार्टफोन मेकर भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले यही फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भीभो भी१५ र भीभो भी १५ प्रो  स्मार्टफोन ल्याउँदैछ ।

भीभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर पनि सार्वजनिक गरेको छ । जसमा पप-अप सेल्फी क्यामरा राखिएको देखाइएको छ । यस्तो डिजाइनमा भीभोले यसअघि भीभो नेक्स स्मार्टफोन ल्याएको थियो । त्यही थिमलाई भी१५ सिरिजमा पनि राखिएको छ । 

यो स्मार्टफोनमा सुपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्याप ड्रागन ६७५ चिपसेट हुनेछ । यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ । फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ । 

अमेजन इण्डियाको आफिशियल ल्याण्डिङ्ग पेजमा देखिएअनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने प्रमाणित भएको छ । 

त्यही पेजको जानकारीअनुसार स्मार्टफोनमा इन डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर राखिनेछ । भिभोले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ ।

यहि फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सूपर एमोलेड फूल एचडी प्लस स्क्रिन छ । त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज हुनेछ ।

यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ । सो स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लन्च हुनेछ जसको प्रि अर्डर ५ दिन अगाडि शुरु हुने बताईएको छ ।

यसैबीच भीभो भी १५ प्रोको यूजर्स ह्याण्ड अन पिक्चर देखिएको छ जसमा नयाँ कलर अप्सन देखिन्छ ।
यसअघि ब्ल्याक र रेड ग्रेडिएन्ट ह्यू कलर अप्सनमा मात्र उपलब्ध हुने अुनमान गरिएको भीभो भी १५ प्रो ब्लू कलर अप्सनमा पनि आउनसक्ने देखिएको छ ।

भी १५ प्रोमा भएको पपअप सेल्फी क्यामरा, नयाँ कलर अप्सन, उच्च क्षमताको प्रोसेसर र र्यामका  साथमा भीभो भी १५ प्रोको लन्चसँगै भीभोले ग्राहकहरुलाई धेरै अप्सनसहित आकर्षित गर्नसक्नेछ ।

नेपाली बजारमा भीभो भी १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँ माथि हुने अनुमान गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.