सीजी रिलायन्सद्वारा नेपालमा ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक

सीजी रिलायन्सद्वारा नेपालमा ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक

काठमाडौं : सीजी रिलायन्स बेभरेज प्रालिले नेपालमा नयाँ ‘क्लाउडी लेमन’ पेय पदार्थ ‘क्याम्पा लेमोनाइट’ सार्वजनिक गरेको छ । कम्पनीले यसलाई आफ्नो पेय पदार्थ पोर्टफोलियोको नवीनतम उत्पादनका रूपमा बजारमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार कागतीको ताजगीपूर्ण स्वादलाई विशेष ‘क्लाउडी’ बनावटसँग संयोजन गरी तयार गरिएको क्याम्पा लेमोनाइटले उपभोक्तालाई अझ गाढा, सन्तुलित र फरक स्वादको अनुभव प्रदान गर्ने दावी गरिएको छ । विशेष गरी गर्मी मौसममा ताजगी दिने पेय पदार्थका रूपमा यसलाई प्रबर्द्धन गरिएको कम्पनीले जनाएको छ ।

क्याम्पा लेमोनाइटसँगै कम्पनीले क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज तथा क्याम्पा इनर्जी गोल्ड बुस्ट जस्ता उत्पादनहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले क्याम्पा लेमोनाइट २५० मिलिलिटर र १ लिटर प्याकमा बजारमा ल्याएको छ । २५० मिलिलिटरको मूल्य ३० रुपैयाँ तथा १ लिटरको मूल्य ९९ रुपैयाँ निर्धारण गरिएको छ ।

यो उत्पादन देशभरका खुद्रा बिक्री केन्द्रहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सीजी रिलायन्सले आफ्नो सशक्त वितरण सञ्जालमार्फत उत्पादनको पहुँच थप विस्तार गरिरहेको बताएको छ । कम्पनीका अनुसार हालै सार्वजनिक गरिएको क्याम्पा इनर्जी गोल्ड बुस्ट तथा क्याम्पा लेमोनाइटसहितका नयाँ उत्पादनमार्फत उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय स्वाद र विविध विकल्प उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.