चितुवाको छाला सहित दुईजना पक्राउ
दाङ : प्रदेश नम्बर ५ प्रहरी कार्यालयले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। प्रदेश प्रहरीको विशेष अनुसन्धान समूहले बाँकेको नेपालगञ्ज नयाँ बसपार्क शर्मा गण्डकी होटेल नजिकैबाट चितुवाको छाला सहित रोल्पाका दुई जनालाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका एसपी टिकाबहादुर कार्कीले बताए।
बुधवार दिउँसो रोल्पा लिवाङ नगरपालिका १ का ४४ वर्षिय चन्द्रबहादुर घर्ती र सुनिल स्मृति गाउँपालिकाका ४० वर्षिय आइती विष्टलाई पक्राउ गरिएको कार्कीले बताए। दुई मिटर लामो एक थान चितुवाको छाला सहित पक्राउ गरिएका दुबै जनालाई बाँके प्रहरीलाई जिम्मा दिइएको बताए।