खरको झुप्रोमा बस्दै आएका मुसहरका लागि बन्ने भयो नमूना बस्ती

खरको झुप्रोमा बस्दै आएका मुसहरका लागि बन्ने भयो नमूना बस्ती

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा खरको झुप्रोमा बस्दै आएका मुसहरहरू अब नयाँ पक्की घरमा बस्न पाउने भएका छन्।

मनियारीमा रहेको दलितवस्तीका मुसहर जातिका ४२ घरपरिवारलाई लक्षित गरी एक करोड रुपैयाँ लागतमा बुधबारदेखि नमूना मुसहर बस्ती निर्माण थालिएको हो।

मुसहरवस्तीमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बुधबार नमूना मुसहरवस्तीको शीलन्याश पनि गरेका छन्।

नमूना मुसहरवस्ती निर्माणका लागि सांसद यादवको निर्वाचन क्षेत्रको स्थानीय पूर्वाधार कोषबाट ७० लाख रुपैयाँ र वीरगन्ज महानगपालिकाबाट ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। 

नमूना मुसहरवस्तीमा विपन्न मुसहरजातिका लागि ४२ वटा एकतल्ले पक्की घर र प्रत्येक घरका लागि एक एक वटा शौचालय निर्माण गरिने छ।

वीरगन्ज महानगरपालिकाका इन्जिनियर राजेश कुमारका अनुसार प्रत्येक परिवारका लागि १०/१० फिट क्षेत्रफलको एउटा कोठा, ४/७ फिट क्षेत्रफलको शौचालय सहितको स्नानघर र बरण्डाको संरचना निर्माण गरिनेछ।

बुधबार शीलन्याश गरिएको नमूना मुसहर वस्तीको निर्माण कार्य चालू आर्थिक वर्षको असार मसान्त भित्रै सक्ने लक्ष्य रहेको पनि इन्जिनियर राजेश कुमारले जानकारी गराए।

वीरगन्ज महानगरपालिकाको मनियारी, नगवा र बेल्वामा मुसहरवस्ती छन्। मनियारीको मुसहरवस्ती सबैभन्दा पछडिएको देखिएकोले नमूना वस्ती निर्माणक थालिएको सांसद यादवले जानकारी दिए। अर्को चरणमा नगवा र बेल्वाका मुसहरहरूका लागि पनि नमूना वस्ती बनाउने प्रतिबद्धता उनले गरे। नमूना वस्तीमा नर्सरीदेखि कक्षा १ सम्मको विद्यालय भवन पनि बनाउने तयारी छ।

आफनो कार्यकालमा पर्सा क्षेत्र नम्बर १ का कोही पनि घरविहीन नहुने उनले घोषणा गरे।

वर्षौदेखि माटो र खरबाट बनेका झुपडीमा कष्टकर जीवन व्यतित गर्दै आएका मनियारीका मुसहरहरू नयाँ पक्की घरमा बस्न पाउने सुनेर खुसी देखिए।

'झुपडीमा ५/६ जनाको परिवार कोच्चिएर बस्दै आएका छौँ। वर्षाको बेला पानी पर्दा जता ततै चुहिन्छ',  मुसहरवस्तीकी सुनीता मुसहर माझीले भनिन्, ‘अब नेताजीले पक्की घर बनाइदिन थाल्नु भएछ, हामी एकदमै खुसी छौँ।' चुनावमा भोट माग्न आउँदा दिएको पक्की घर बनाइदिने आश्वासन पूरा गर्न लागेकोमा उनले सांसद यादवलाई धन्यवाद दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.