गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको ‘सर्टगन’ पड्कँदा युवती घाइते

गृहमन्त्रीको सुरक्षामा खटिएका प्रहरीको ‘सर्टगन’ पड्कँदा युवती घाइते

बिर्तामोड : संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् ।

गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेको सर्टगन अचानक खसेर पट्कँदा स्थानीय सुनिरा मैनाली घाइते भएकी हुन् ।

सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक हातबाट फुत्किएर झर्दा पड्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

सर्टगन पट्कँदा लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको उनको भनाइ छ । छर्रा लागेपछि मैनालीलाई बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो । 

उपचारपछि मैनाली घर फर्किएको प्रहरीले बताएको छ । प्रहरी जवान लक्ष्मण शेर्पामाथि भने अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.