११ नगरपालिकालाई भवन बनाउन ६८ करोड

११ नगरपालिकालाई भवन बनाउन ६८ करोड

काठमाडौं : जिल्ला समन्वय समिति काठमाडौंले जिल्लाका ११ नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६८ करोड रुपैयाँ दिने भएको छ ।

८ नगरपालिकाको प्रशासकीय भवन छैन । जिसस पदाधिकारी र नगरपालिकाको जनप्रतिनिधि सम्मिलित सोमबारको बैठकले मौज्दात कोषको ६८ करोड रुपैयाँ नगरपालिकाका भवन निर्माणका लागि दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले ०७३ चैतदेखि सबै जिसस कोषको रकम आफूखुसी खर्च गर्न नपाउने निर्णय गरेको थियो । गत पुस ९ को मन्त्रिपरिषद्ले जिल्ला समन्वय समितिको मौज्दात कोष सञ्चालन निर्देशिका, २०७५ पारित गरेपछि कोषको रकम भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने बाटो खुलेको हो ।

जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले कीर्तिपुर र बूढानीलकण्ठ नगरपालिकाले भवन बनाइसकेको र ८ नगरपालिकासँग भवन नरहेको बताए । ‘अब ११ वटै नगरपालिकाबाट भवन डिजाइन तथा योजनाको प्रस्ताव माग गर्छौं । योजनाका आधारमा समानुपातिक रूपमा रकम वितरण गर्ने छौं’, उनले भने । भवन बनाइसकेका नगरपालिकाले जिससबाट प्राप्त गर्ने रकम वडा कार्यालय भवन निर्माणमा खर्च गर्ने प्रस्ताव गरेको जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारीले जानकारी दिए ।

भवन निर्माणका लागि लागत अनुमानको कम्तीमा ४० प्रतिशत रकम सम्बन्धित नगरपालिका र ६० प्रतिशत जिससले उपलब्ध गराउने जिसस काठमाडौंका प्रमुख राजवैद्यले बताए । कार्यविधिअनुसार कोषको रकम खर्च गर्न जिल्लामा कार्यक्रम व्यवस्थापन समिति गठन हुनेछ । समितिको संयोजकमा जिसस प्रमुख तथा जिसस उपप्रमुख र जिसस अधिकारी सदस्य रहने छन् । समितिलाई आवश्यकताका आधारमा नगरपालिकाले कार्यक्रम पेस गर्न सक्ने छन् ।

जिसस काठमाडौंमा ९६ करोड रुपैयाँ मौज्दात छ । त्यसमध्ये ६ करोड कर्मचारी कल्याणकारी कोषका लागि र २२ करोड रुपैयाँ जिससका पुराना तथा अधुरा योजना निर्माणका छुट्याइएको प्रमुख राजवैद्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.