‘देश सिँगार्न कलाकार चाहिन्छ’

‘देश सिँगार्न कलाकार चाहिन्छ’

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भिजिट नेपाल २०२० को लागि देश सिँर्गान कलाकारको आवश्यक रहेको बताएका छन्। 

नेपाल आर्ट काउन्सील बबरमहलमा बुधबार साँझ युनिक स्ट्रोक समूहको चित्रकला प्रदर्शनी उद्घाटन गर्दै प्रमुख शाक्यले कलाकारसँग सहकार्य गरेर अगाडि बढ्न महानगरपालिका तयार रहेको बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुषमा राजभण्डारी, वरिष्ठ कलाकारहरु चन्दा श्रेष्ठ र रत्नकाजी शाक्य सम्मलित युनिक स्ट्रोक समूहको उक्त प्रदर्शनीमा सहभागी कलाकारका आआफ्नै शैलीका चित्रकला राखिएका छन्। प्राज्ञ सुषमा राजभण्डारीले गणेश सिरिजलाई निरन्तरता दिएकी छन्। कलाकार चन्दा श्रेष्ठका चित्रहरु विभिन्न संस्कृतिसँग जोडिएको देखिन्छ। ती चित्रमा कला संयोजन राम्रो प्रयोग भएको पाइन्छ। त्यस्तै रत्नकाजी शाक्यले पानी रंगका माध्यमबाट भुकम्प गएको बेलाको ल्याण्डस्केपको चित्रण चित्रमा गरेका छन्।

सामुहिक चित्रकला प्रदर्शनीकी संयोजक चन्दा श्रेष्ठल सामुहिक चित्रकला प्रदर्शनीको समुह युनिक स्ट्रोकको स्थापना र इतिहासको बारेमा बताइन्। २०६४ सालमा स्थापित यस समुहले ६ पटक कला प्रदर्शनी गरिसकेको छ। त्यसैगरि समूहले नेपाल बाहेक जापानको चौतारा ग्यालरी र बंगलादेशको शिल्पकला एकेडमीमा सफलताका साथ प्रदर्शनी गरिसकेको छ। 

प्रदर्शनीका वरिष्ठ कलाकार रत्नकाजी शाक्यले कलाकारहरूलाई अहिले पनि समाजमा राम्रो दृष्टिले हेर्ने नगरेको दुखेसो पोख्दै सबै एकै ठाउँमा उभिनु पर्ने बताए। त्यस्तै कला समिक्षक मुकेश मल्लले तीन जना कलाकारहरुको चित्र आ–आफ्नै शैलीको भएको र निरन्तर आफ्नो कलालाई समय साक्षप प्रगति गर्दै आएको टिप्पणी गरे। 
कार्यक्रममा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले विदेशमा कलाकारहरुलाई विशिष्ट स्थान दिने गरिएको बताउँदै हरेक ब्यक्तिले आआफ्नो घर बनाउँदा केही प्रतिशत रकम कलाकारका कृतिका लागि छुट्याउनुपर्ने बताए। 

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, सदस्य सचिव विपिन घिमिरे, प्राज्ञ रमेश खनाल, प्राज्ञ मिथिलादेवि यादव, संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ माधव प्रधानलगायतले पनि प्रदर्शनीको सफलताको कामना गरे। प्रदर्शनी फागुन ५ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.