डिशहोमको 'डिशहोम उज्वल भविष्य' योजना सार्बजनिक, दुई विद्यालयलाई झोलासहितको शैक्षिक सामग्री

डिशहोमको 'डिशहोम उज्वल भविष्य' योजना सार्बजनिक, दुई विद्यालयलाई झोलासहितको शैक्षिक सामग्री

काठमाडौं : डिशहोम नेपालले 'डिशहोम उज्वल भविष्य' कार्यक्रम सार्वजनिक गरेको छ' डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको डिशहोम मिडियाले जानकारी दिएको छ।

मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तरगत डिशहोम उज्वल भविष्य कार्यक्रम ल्याएको हो।

डिशहोमले यस योजनाअन्तरगत बर्दिया जिल्लाको गुलरियास्थित त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका कक्षा १ देखि ५ सम्मका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्रीसहितको झोला वितरण गरेको छ।

यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका-४ मा रहेको अमर शहिद दशरथ चन्द उच्च माध्यामिक विद्यालयमा पनि शैक्षिक सामाग्रीसहितको झोला वितरण गरिएको छ। डिशहोमले एसईई परीक्षा दिने विद्यार्थीका लागि घरमै बसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दै आइरहेको छ। निजी क्षेत्रका कम्पनीबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको डिशहोमले जानकारी दिएको छ।

'कम्पनीले सुरू गरेको डिशहोम उज्वल भविष्य कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीको पढाइमा सहयोग पुग्नुका साथै मुलुकभर गुणस्तरीय शिक्षा पुर्‍याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेको डिस मिडिया नेटवर्कका महाप्रबन्धक कल्याण अधिकारीले बताए।

नेपाली, हिन्दी तथा विदेशी च्यानल प्रशारण हुने डिशहोमको जडान मुल्य २ हजार ९ सय ९९ रुपैयाँ र मासिक २५० रुपैयाँ देखिका मासिक प्याकेजहरु उपलब्ध छन्। डिशहोमको सेट टप बक्समा १ वर्षको वारेन्टी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.