बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

दाङ :  महिलामाथि बलात्कार गरेको अभियोगमा दाङमा एक प्रहरी हवलदारविरुद्ध प्रहरीमा जाहेरी परेको छ।तुलसीपुर उपमहानगरपालिका-१३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवलदार गम्भीर चन्दले बिहीबार राति एक स्थानीयको घरमा गएर महिलामाथि जवरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ।

जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले आरोपित हवल्दार चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए। महिलाकै घरमा पुगेको प्रहरी हवल्दार चन्दले राति १0 बजे महिलामाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन्।

पीडित महिला तथा आफन्तले प्रहरीमा हवल्दारविरुद्ध जाहेरी दिएको हो। पीडित महिलाको राप्ती प्रादेशीक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको कार्कीले बताए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.