बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते, चालक फरार

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते, चालक फरार

धादिङ : पृथ्वीराजमार्गको नौबिसे–मुग्लिन सडकखण्ड अन्तरगत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा यात्रुवाहक बसले मोटरसाइकलाई ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८९३४ नम्बरको ग्रामिण यातायातको बसले विपरित दिशाबाट आइरहेको बा ४२ प ५९२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारको लागि काठमाडौंस्थित वीर अस्पताल पठाइको छ । जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी प्रकास विष्टका अनुसार दुर्घटनापछि बसका चालक फरार रहेकाले खोजी कार्य जारी छ । बस र मोटरसाइकललाई अहिले सिम्लेस्थित अस्थायी प्रहरी पोष्टमा नियन्त्रणमा राखिएको छ । दुर्घटनामा घाइते भएकाहरुको परिचय खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.