दाङमा दुई बस ठाेक्किँदा ४२ यात्रु घाइते
दाङ : दाङ–सुर्खेत सडकखण्ठको श्रीगाउँ खैरेनी सडकमा दुईवटा बस आपसमा ठोक्किँदा ४२ जना यात्रु घाइते भएका छन् ।
ना ८ ख १०१७ र रा १ ख १७७० नम्बरको बस दाङको दंगीशरण गाउँपालिका–७ श्रीगाउँमा आपसमा ठोक्किएर दुर्घटना भएका हुन् । तुलसीपुरदेखि हंसपुर जाँदै गरेको र खैरेनीदेखि उरहरी जाँदै गरेका बस दंगीशरण गाउँपालिका–७ मा ठोक्किएका थिए ।
तिव्र गति र राजमार्ग साघुँरो हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिम कार्कीका अनुसार दुर्घटनामा घाइते ४२ जना यात्रुमध्ये तीनजनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ भने बाँकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।