अर्घाखाँचीमा हजुरबुवाबाट ५ वर्षीया नातिनी बलात्कृत

अर्घाखाँचीमा हजुरबुवाबाट ५ वर्षीया नातिनी बलात्कृत

सन्धिखर्क : अर्घाखाँची सन्धीखर्क नगरपालिकामा शुक्रबार आफ्नै हजुरबुवाले ५ वर्षीय नातिनीको बलात्कार गरेका छन्। सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीयले पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए। 

जबरजस्ती करणीको बारेमा बालिकाले आमालाई बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन्। आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

त्यस्तै बिहीबार अर्घाखाँचीको भूमिकास्थान–१ साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्युठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो। पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले थाहा पाएको र घटना सार्वजनिक भएको हो।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिइ प्युठान प्रहरीलाई बुझाएको छ। चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन्। बालिका गत पुसदेखि नै वृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ।

अर्घाखाँचीमा बलत्कारका घटना बढिरहेका छन्। आर्थिक वर्ष २०७१/७२ मा जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्धा ५ मात्र रहेका थिए। त्यो संख्या आर्थिक वर्ष २०७५/७६ मा १८ पुगेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.