बलात्कारको आरोपमा सइ पक्राउ

बलात्कारको आरोपमा सइ पक्राउ

मुगु : बलत्कारको आरोपमा नेपाल प्रहरीका सइलाई मुगु प्रहरीले पक्राउ गरेको छ। शुक्रबार साँझ सापटी लिएको दिन बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोप चैना मुगुमा कार्यरत सइ सुर्यबहादुर शाहीलाई लागेको हो। 

छाँयानाथ रारा नगरपालिका–५ स्थायी घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी एक महिलालाई बेलुकी साढे ६ बजेतिर शाहीले जर्बजस्ती करणी गरेको आरोप लागेको छ। पीडित महिलाका श्रीमानले प्रहरीले आरोपित शाहीलाई पक्राउ गर्न आनाकानी गरेको बतएका छन्। आफुले लगातार दबाब दिएपछि पक्राउ गरेको तर जिल्ला प्रहरी कार्यालय भित्रै आरोपित शाहीले आफुलाई धम्क्याएको समेत उनले बताए।

आफ्नो किराना पसलबाट सामानहरु लिने गरेका शाहीले एक महिना अगाडी पनी राती मदिरा सेवन गरी घुम्ती समेत फुटाएको थिए। त्यो बेला चैना गाउँका स्थानीयको आग्रहमा आफुले छुट दिएको पीडितले बताएका छन्। शुक्रबार साँझ शाहीले फोन गरी आफु प्रहरी चौकी सोरुकोटमा सरुवा भइसकेको र विहानै जाने तयारी भएकाले पैसा लिन आउन भनेका थिए। पैसा लिन गएको बेला चैन खोलामा बलात्कार गरेको पीडीत महिलाले बताइन्। 

घटनाको साँझ पैसा लिन आउन भन्दै फोन गरेपछि आफुले साँझको बेला नआउने बताएपछी शाहीले आफु सरुवा भएर जान लागेकाले नआए पैसा समेत नपाउने भनेको पीडित महिलले बतइन्। घटना राति भएकाले  पीडितका पक्षबाट जाहेरी दरखास्त नआएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरिक्षक लालबहादुर ऐरले जानकारी दिए।  शनिबार बिदा परेकाल आइतबार पीडित पक्षबाट जाहेरी दरखास्त आएमा दर्ता गरेर थप अनुसन्धान प्रक्रिया अगाडी बढाउने उनले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.