तिलोत्तमा गोल्डकप : झापा ११ को विजयी सुरुआत

तिलोत्तमा गोल्डकप : झापा ११ को विजयी सुरुआत

बुटवल : मोफसलको प्रतिष्ठित तिलोत्तमाा गोल्ड कपको २१ औं संस्करण सुरु भएको छ। शनिबारदेखि बुटवलमा सुरु भएको प्रतिगोगिताको उद्घाटन खेलमा विभागीय टिम एपिएफलाई २–० ले पन्छाउँदै झापा ११ अघिल्लो चरणमा प्रवेश गरेको हो।

बुटवलको देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा झापाका टिम क्याप्टेन कर्ण लिम्बुले खेलको ८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। एफिएफका डिफेन्डरलाई छल्दै लिम्बुले बाया कर्नरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो। दवावमा परेको एपिएफका केही प्रयास असफल भएपछि पहिलो हाफ १–० मा सकिएको थियो।

दोस्रो हाफको ५ औं मिनेटमा झापाका बुद्धवल तामाङले गोल अन्तर दोब्बर पारेपछि एपिएफ झन दबाबमा परेको थियो। एपिएफका गोल रक्षक अमृत चौधरी अघिबढेको मौकामा तामाङले गोल गरेका थिए। एपिएफका सन्तोष श्रेष्ठले दोस्रो हाफको १० औें प्रहार गरेको बल पोस्टमा ठोकिएर फर्किदा समर्थकहरु स्तब्ध बनेका थिए। त्यसपछिका एपिएफका आधा दर्जन प्रहारलाई झापाका गोल रक्षक दिप कार्कीले गोल हुनबाट बिफल पारेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.