पाँच ट्रक बराबरको गाँजासहित ८ जना पक्राउ

पाँच ट्रक बराबरको गाँजासहित ८ जना पक्राउ

सिन्धुली : जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ठूलो परिणामको गाँजासहित ८ जनालाई पक्राउ गरेको छ। प्रशोधन गरी भारततर्फ लैजान लागेको ५ किलो र प्रशोधनका लागि तयारी अवस्थामा राखिएको ५ ट्रक बराबरको गाँजा सहित सिन्धुलीको हरिहरपुर गाउँपालिकास्थित क्यानेश्वरबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। 

पक्राउ पर्नेमा पर्सा जिल्ला पर्शाहगढी नगरपालिका ४ का ४५ वर्षीय जयदेव माझी मुसहर, ४६ वर्षीय बागर माझी मुसहर, ४५वर्षीय डोडामाझी मुसहर, ३५ वर्षीय लालमती माझी मुसहर, ४० वर्षीया भगवती माझी मुसहर, ३७ वर्षीया रोहनी माझी मुसहर, ३६ वर्षीया तैइती माझी मुसहर, ३३वर्षीया कुसुनी माझी मुसहर रहेका छन्।

उनीहरुलाई क्यानेश्वरका स्थानीय अमृत तामाङको घरमा काटेर राखिएको गाँजालाई प्रसोधन गरिरहेको भन्ने सुराकका आधारमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैधगाँजालाई प्रसोधन गरी तराई हुँदै भारततर्फ लैजान लागेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी नरीक्षक निरन्जन थापाको कमाण्डमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो। 

उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरी आइतबार जिल्ला सदरमुकामस्थित जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अमृत तामाङ भने फरार भएका छन्। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।यसैबीच प्रहरीले नियन्त्रणमा लिएको गाँजा केही समय अघि सिन्धुली प्रहरीले नष्ट गरेको भनेको गाँजा नै भएको हुनसक्ने आशंका गरिएको छ ।
सिन्धुलीका तत्कालीन प्रहरी प्रमुख रामेश्वर यादवका पालामा त्यस क्षेत्रमा लगाइएको भनिएको गाँजा खेति नष्ट गरिएको भनिएको भएपनि त्यही गाँजा स्थानीयले लुकाएर राखिएको हुनसक्ने प्रहरीको भनाई छ। 

यादव जिल्लामा हुँदा उनकै संरक्षणमा गाँजा खेति भएको र पछिल्लो समयमा गाँजा काट्ने बेला प्रहरीले पुरै गाँजा नष्ट गरेको भन्ने समाचार बाहिर आएको थियो। तर, त्यसको एक महिना नबित्दै सोही ठाउँमा ठूलो परिणाम सुकेको गाँजा फेला पर्नु एसपी यादवकै मिलेमतोमा लुकाई सुरक्षित राखिएको हुनसक्ने स्थानीयले समेत आशंका गरेका छन्। 

जिल्लाको मरिण क्षेत्रस्थित मरिण गाउँपालिका र हरिहरपुर गढी गाउँपालिकामा १ सय ३५ विगाह बढी क्षेत्रफलमा गाँजा खेति गरिएको भन्दै त्यसलाई प्रहरीको सक्रियतामा नष्ट गरिएको प्रहरीले पुष्टि गरेको थियो। तर एसपी यादवमाथि सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकामा लगाइएको अवैध गाँजा खेति र त्यसलाई नष्ट गर्नेक्रममा मिलेमतो रहेको भन्दै प्रहरी प्रधान कार्यालयले अनुशन्धान जारी राखेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.